A Levels MA

१२ पछि बीएचएम नै किन ?

के तपाईँ बीएचएम पढाइ हुने कलेजको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने आउनोस् एकैछिन भलाकुसारी गरौं । राष्ट्रिय परीक्षा बोर्डले गत माघ १९ गते कक्षा १२ को नतिजा सार्वजनिक गर्यो । नतिजा सार्वजनिक भएसंगै कतिपय विद्यार्थीलाई कलेज तथा विषय छान्ने चटारो परेको छ । अहिले आफ्नो रोजाइको विषयका कार्यक्रम सञ्चालन भएको कलेज धाउनमा व्यस्त देखिन्छन् विद्यार्थी ।

कतिपय कलेजले एउटै विषयको एउटै कोर्स पुरा गर्दा लाग्ने चार वर्षको शुल्क एक लाख देखि तीन लाख सम्म बढी लिएको देखेर अहिले कुन कलेज पढ्ने भन्ने अन्योलमा विद्यार्थी देखिएका छन् ।

अहिले सहजै भर्ना पाउने र पढ्दै कमाउन पनि पाइने विषय भएकाले धेरै विद्यार्थीले आफूले ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) विषय रोज्ने गरेका छन् । तर एउटै विषय भएपनि फरक फरक विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजले शुल्क फरक लिने हुँदा आफूलाई कलेज छान्न नै धौधौ भएको विद्यार्थीको गुनासो  छ । अधिकांश विद्यार्थीको रोजाइ चाहिँ विश्वबजारमा सजिलै प्रवेश गर्न पाइने हुँदा आफूले यो विषय रोज्ने  गरेका छन् ।

यो कार्यक्रम अहिले नेपालका त्रिभूवन, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, काठमाडौं, साल्जबर्ग, युसीएसआई विश्वविद्यालय लगायत अन्य केही विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुँदै आएको छ ।

धेरै विद्यार्थीको रोजाइको विषय बीएचएम बन्न पुगेकै कारण यसका कार्यक्रम अधिकांश विश्वविद्यालयले सञ्चालनमा ल्याएका हुन् । स्वरोजगार विद्यार्थी उत्पादन हुने र विदेशमा पनि यसको स्कोप राम्रो भएका कारण यो विषय पढ्नका लागि विगत एक हप्तादेखि काठमाडौंका आधा दर्जन बढी कलेजको ढोका ढक्ढक्याउन पुगेको क्वेस्ट इन्टरनेसनल कलेज ग्वार्को ललितपुरमा भेटिएका एक विद्यार्थीले बताए । केही कलेजले आफ्ना विद्यार्थीलाई ठुलाठुला होटल व्यवसायीसंग सम्झौता गरी रोजगार प्रदान गर्ने गरेका छन् ।

पढाइ हुने मुख्य विषयक्षेत्र

सर्भिस ओरेन्टेट इन्डस्टिसंग जोडिएको विषय हो । होटल, रेस्टुरेन्ट, रिसोट, क्याटरिङलाई संचालन कसरी गर्ने, संगठन कसरी गर्ने बजेटको बाडफाँट कसरी गर्ने ? तथ्यांक कसरी राख्ने, कस्टमरलाई कसरी सेवा सुविधा प्रवाह गर्ने, लगायतका विषयको सैद्धान्तिक र व्यवहारिक ज्ञान विएचएमले प्रदान गर्दै आएको छ ।

बीएचएम स्नातक तहको चार वर्से कोर्स हो । चार वर्षमा जम्मा ८ सेमेस्टर पढेपछि विद्यार्थीले यो कोर्स पुरा गर्छन् । यो विषय पढेका विद्यार्थीले कम्तीमा पनि एक वर्ष इन्टर्नसिप गर्नुपर्छ । इन्टर्नसिप स्वदेश तथा विदेशका स्टार होटलमा विश्वविद्यालयले गराउँदै आएका छन् ।विदेशमा गएर इन्टर्न गर्ने विद्यार्थीले प्रोसेसिङ चार्ज भने आफैंले तिर्नु पर्ने पूर्वाञ्चल विश्वविद्यालयले जानकारी दियो । विश्वविद्यालयका अनुसार व्यवस्थापन भने सम्बन्धन प्राप्त क्याम्पसहरुले नै गर्दै आएका छन् ।

यसमा फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउसकिपिङ अप्रेसन, होटल एकाउन्ट, फ्रन्ट अफिस, हस्पिटालिटी, होटल म्यानेजमेन्ट लगायतका विषय वस्तुमा व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिने सरस्वति बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवराज घिमिरले बताए । ‘ होटल म्यानेजमेन्टका विविध पक्ष र सञ्चालनका तरिकाको व्यवसायिक सिप प्रदान गरिन्छ ।’ उनले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी, नेतृत्वदायी क्षमता भएका र स्वरोजगार विद्यार्थी उत्पादन गर्ने प्राविधिक विषय हो यो ।’

भर्नाका आधार

कक्षा १२ मा जुनसुकै विषय लिएर पढेका विद्यार्थीले पनि यो विषय पढ्न पाउने प्रावधान विश्वविद्यालयहरुले राखेका छन् । यो विषय पढ्न हस्पिटालिटीमा लिडरसिपको भूमिका निर्वाह गर्न सक्ने, पब्लिकेसन सिप, कम्युनिकेसन क्षमता, नेतृत्व क्षमता, उत्प्रेरणा प्रदान गर्न सक्ने, मार्केट सम्बन्धि चेतना भएका विद्यार्थीका लागि उपयुक्त हुने गेवे कलेजका प्राध्यापक सुरेस केसीले बताए ।

त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बीएचएम पढ्नका लागि भने केही फरक मापदण्ड निर्धारण गरिएको छ । त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बीएचएम पढ्न विद्यार्थीले सिम्याट परीक्षामा कम्तीमा पनि ४५ प्रतिशत अङ्क प्राप्त गर्नेपर्ने व्यवस्था छ । तर कक्षा १२ मा भने जुन सुकै समूहका विषय पढेका विद्यार्थीलाई पनि त्रिविले भर्नाका लागि खुला गरेको छ । कक्षा १२ का सबै विषयमा मा सी ग्रेड भने ल्याएकै हुनुपर्ने व्यवस्था गरिएको सहायक क्याम्पस प्रमुख घिमिरले बताए ।

रोजगारीको अवसर

होटल, रिसोर्ट, ट्राभल एन्ड टुरिजम, क्याट्रिङ म्यानेजमेन्ट, इभेन्ट म्यानेजमेन्ट, स्वरोजगार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थापर्यटन व्यवसाय, होटल व्यवसायका क्षेत्रमा यसको स्कोप रहेको छ । नेपालमा यसको माग बढी रहेको छ । होटल व्यवस्थापन संग सम्बन्धित कोर्स पढाउने गरिएको भए पनि यो कोर्स पुरा गरेपछि अन्य क्षेत्रमा गएर विद्यार्थी आफैं स्वरोजगार समेत बन्न सक्छन् । यो विषय पढेका नेपाल तथा विदेशका इन्डस्ट्रिमा जाने गरेका छन् ।

शुल्क कति ?

शुल्क भने कलेज अनुसार फरक फरक रहेको छ । अधिकांश कलेजले यो विषयका लागि चार लाख देखि ७ लाख सम्म शुल्क लिने गरेका छन् ।

लिबर्टी कलेज, अनामनगरले यो कोर्सका लागि ४ लाख रुपियाँ शुल्क लिने गरेको छ । त्रिविको कार्यक्रम सञ्चालन गरेको सरस्वती कलेजले ५ खाल ७५ हजार शुल्क लिने गरेको छ । यो बाँहेक विद्यार्थीले परीक्षा फर्म शुल्क बाहेक अन्य तिर्नु नपर्ने सहायक क्याम्पस प्रमुख घिमिरले जानकारी दिए । अन्य खर्च भने कलेजले नै बेहोर्ने गरेको छ ।

यो कार्यक्रममा त्रिविले एक वर्षमा ३३ वटा मात्र विद्यार्थी कोटा निर्धारण गरेको छ । त्यसमा तीन जनालाई कलेजले छात्रवृत्तिमा पढाउँदै आएको छ । ती तीन जना मध्ये सरकारी विद्यालयमा पढेका धेरै नम्बर ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्वन्धन क्वेस्ट इन्टरनेसनल कलेज, ग्वार्कोले भने चार वर्से यो कोर्सका लागि शुल्क ५ लाख ९६ हजार शुल्क लिने गरेको निर्देशक उदयराज पौडेलले जानकारी दिए । त्यस्तै मेधावी कलेज शंखमुल नयाँ बानेश्वरले ६ लाख ५० हजार खर्च लाग्ने प्रिन्सिपल जयराम खनालले जानकारी दिए।त्यस्तै नेसनल कलेज अफ कम्प्युटर स्टडिज, पाङकजोलमाबिएचएम बिएचएमको शुल्क ५ लाख ६५ हजार लिने गरेको छ ।

युसीएसआई विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइआइएमएस कलेजले विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम संचालन गरी नेपालमै डिग्री दिने बताउँदै आएको छ । यो कलेजले मा बीएचएमको शुल्क ६ लाख लिने गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गटवे कलेजले स्थापना कालदेखि अहिलेसम्म नै वार्षिक ४० जना विद्यार्थीलाई भर्ना लिँदै आएको छ । यो कलेजले चार वर्षमा ६ लाख ९५ हजार शुल्क लिने गरेको प्राध्यापक केसीले जानकारी दिए । छात्रवृत्ति भने यो कलेजको फरक अवधारणा छ । कलेजले विद्यार्थीको क्षमताको मूल्याङ्कन गरेर केही प्रतिशत छुट प्रदान गर्दै आएको छ ।

आइएसटी कलेज, ज्ञानेश्वरमा होटल म्यानेजमेन्ट तथा पर्यटन व्यवस्थापन, अतिथि सत्कार सम्बन्धि मात्र अध्यापन गराउने कलेजको दाबी छ । युसिएलएएन विश्वाविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक उपाधि दिइरहेको यो कलेजमा बीएचएमको शुल्क ६ लाख ९५ हजार रुपियाँ रहेको कलेजले जानकारी दियो ।

बीएचएम सञ्चालन गर्ने विश्वविद्यालय र कलेजहरु

त्रिभुवन विश्वविद्यालय

गोल्डेनगेट कलेज, सिनामंगल, काठमाडौं

नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम), कालिमाटी, काठमाडौं

नेपाल कलेज अफ ट्राभल एनड टुरिजम म्यानेजमेन्ट (एनसिटिटिएम), रातोपुल काठमाडौं

पद्यमकन्या क्याम्पस, बागबजार, काठमाडौं

नेसनल कलेज अफ कम्प्युटर स्टडिज् (एनसिसिएस), पक्नाजोल, काठमाडौं

नेसफिल्ड कलेज, लगनखेल, ललितपुर

निहारिका कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी विराटनगर

बालकुमारी क्याम्पस, चितवन

सुर्खेत मोडल कलेज, सुर्खेत

गुप्तेश्वर महादेव मल्टिपल क्याम्पस, कास्की

ब्राइटल्यान्ड कलेज, बाँके

स्पा कलेज,कैलाली

अक्सफोड कलेज, रुपन्देही

इटहरी नमुना कलेज सुनसरी

पूर्वाञ्चल विश्वविद्यालय

कान्तिपुर इन्टरनेसनल कलेज, बुद्धनगर, काठमाडौं

हिमालयन ह्वाइटहाउस कलेज, पुतलिसडक, काठमाडौं

गेटवे कलेज, बसुन्धरा, काठमाडौं

मोर्गन इन्जिनियरिङ कलेज, बसुन्धरा, काठमाडौं

आयम इन्टरनेसनल कलेज, कुमारीपाटी, ललितपुर

पूर्वाञ्चल युनभर्सिटी स्कुल अफ म्यानेजमेन्ट, विराटनगर

मोर्गन इन्टरनेसनल कलेज, काठमाडौं

साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट, विराटनगर

मध्यपश्चिम विश्वविद्यालय

ग्लोबल कलेज, मध्यबानेश्वर, काठमाडौं

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट

पोखरा विश्वविद्यालय

मेधावी कलेज, शंखमुल, काठमाडौं

एपलो इन्टरनेसनल कलेज, बानेश्वर, काठमाडौं

सेन्ट्रल बिजनेस कलेज अफ म्यानेजमेन्ट, सिनामंगल काठमाडौं

अथर्भ बिजनेस कलेज, बाँसबारी, काठमाडौं

लिबर्टि कलेज, अनामनगर, काठमाडौं

रिज कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, ललितपुर

राजधानी मोडल कलेज, काठमाडौं

नेपाल वेस्टर्न मयानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज

शुभश्री एकेडेमिक इन्टरनेसनल कलेज, काठमाडौं

अल्पाइन म्यानेजमेन्ट कलेज, नेपालगञ्ज

एक्सिस कलेज, तिलोत्तमा

बुटवल मोडल कलेज, बुटवल

काठमाडौं विश्वविद्यालय

नेपाल कलेज अफ म्यानेजमेन्ट

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट

लिटिल एनजल कलेज अफ म्यानेजमेन्ट

साल्जबर्ग विश्वविद्यालय अष्ट्रिया

इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आइएसटी, ज्ञानेश्वर, काठमाडौं

त्यस्तै, महोत्तरीको बर्दिबासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश–२ स्तरीय शाखा कार्यालयले यसै शैक्षिक–सत्रदेखि नै चारवर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास सुरु गर्ने तयारी गरेको छ । यसका लागि प्रतिष्ठानले काम  अघि बढाइसकेको छ ।

कक्षा–१२ मा कम्तीमा ‘डि+’  ल्याइ उतीर्ण गरेका छात्रछात्राले आवेदन गर्नसक्ने प्रतिष्ठानले स्पष्ट पारेको छ। यो वर्ष सो कक्षामा ८० जना विद्यार्थीको सिट संख्या निर्धारण गरिएको शाखा कार्यालयका प्रमुख शिबेन्द्र मल्लिकले जानकारी दिए।

Thuprai - Books and E-books