अमेरिकाको भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम छौं

नयाँ बानेश्वर थापागाउँको व्यस्त सडकको किनार । यातायातका साधनको बाक्लो चाप । त्यसैको छेवैमा आकर्षक भौतिक पूर्वाधार सहित अवस्थित छ प्रेसिडेन्सिएल बिजनेस  स्कुल । अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो स्कुलको स्थापना सन् २०११ भएको हो । यो कलेज अहिले विभिन्न चार वटा प्रोग्रामहरु सञ्चालन गर्दै आएको छ ।

यो स्कुल नेपालबाट गुणस्तरीय शिक्षाको खोजीमा विदेसिएर त्यहाँका गल्ली गल्लीमा भौतारिदै दुःख पाएका, सडक र पार्कहरुमा रात वितोन बाध्य विद्यार्थीको मागलाई मध्यनजर गर्दै स्थापना भएको हो । स्कुल स्थापनाताका नेपाली विद्यार्थीले विदेशमा दुःख पाएका समाचारहरु सार्वजनिक भएका थिए । विद्यार्थी यस्त समस्यालाई न्यूनीकरण गर्दै स्वदेशमा नै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको कलेज सञ्चालकको दाबी छ ।

कलेज स्थापन हुनु पूर्व नेपालबाट उच्च शिक्षा हासिल गर्न विदेश गएका नेपाली विद्यार्थीको पीडाले सञ्चार माध्यममा मसालाको काम गर्यो । विशेषगरी युके अध्ययनका लागि गएका विद्यार्थीको मर्कालाई ध्यानमा राखी कलेजको स्थापना गरिएको सञ्चालकहरु बताउँछन् । त्यो बेला मासिक ३०–३५ हजार विद्यार्थी अध्ययनका लागि युके जान्थे । तत्कालीन युके सरकारले त्यहाँका केही विश्वविद्यालय र कलेज बन्द गर्यो । फलस्वरुप हजारौं विद्यार्थी सडकमा सुत्न बाध्य भए । विभिन्न जंजालमा फसेर विद्यार्थीले दुख पाएको देखेर स्वदेशमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले कलेजको स्थापना भएको कलेजका संस्थापक तथा कार्यकारी अध्यक्ष लक्ष्मण केसीले बताए । ‘त्यो अवस्था देखेर विदेशी कोर्स नेपाल भित्र्याएका हौं ।’ उनले भने, ‘नेपालको युवा जनशक्ति विदेश पलायन भइरहेका थिए, त्यसमा पनि उनीहरु गुणस्तरीय शिक्षा प्राप्त गर्ने उद्देश्यले विदेश गए पनि त्यहाँ नेपाली विद्यार्थीले आफ्नो लक्ष्य विपरीत अनेक हण्डर खाई रहेका थिए तसर्थ हामीले नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले यो कलेज स्थापना गरेका हौं ।’

त्यो बेला एकदम थोरै कलेजहरुले मात्रै बिजनेसका कोर्षहरु पढाउने गर्थे । नेपाली विद्यार्थीहरुले एमबिए पढ्न भारत वा तेस्रो मुलुक जानु पर्थो । त्यस कारण पनि प्रेसिडेन्टल बिजनेस स्कुलले अमेरिकाको क्यालिफोर्निया स्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा नेपालमा कलेज स्थापना गरेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको अध्यक्ष केसी बताउँछन् । उक्त विश्वविद्यालयका प्रोग्रामहरु विश्वव्यापी मान्यता प्राप्त अर्थात ग्लोवल एक्रिडिटेशन प्राप्त छन ।

वेष्टक्लिफ विश्वविद्यालयको विशेषता भनेको नै गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । त्यही जगमा टेकेर नेपालमा सोही गुणस्तरको उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको कलेजका निर्देशक तथा प्रिन्सिपल कल्पना गुरुङले बताइन् ।

चारवटा प्रोग्राम सञ्चालन

कलेजले विभिन्न चारवटा प्रोग्रामहरु सञ्चालन गरिरहेको छ । स्कुल अफ बिजनेश अन्तर्गत बीबीए र एमबीए एवम् स्कुल अफ टेक्नोलोजी अन्तर्गत बीएस्सी आइटी र एमएस्सी आइटी सञ्चालनमा छन् । अमेरिकन गुणस्तरको शिक्षा यो कलेजले मात्रै प्रदान गरिरहेको दाबी निर्देशक तथा प्रिन्सिपल गुरुङले गरिन् । ‘हामी प्रत्येक विद्यार्थीहरुलाई व्यक्तिगत तवरले केयर गर्छौ । शैक्षिक, व्यवसायिक, वैयक्तिक तथा मनो–समाजिक परामर्श दिन्छौं । विद्यार्थीहरुको रुचिलाई ख्याल गर्छौं । हामी विद्यार्थीलाई पढाउने मात्रै होईन, पढ्ने तरिका मात्र सिकाउँछौं । हरेक विषयलाई प्रायोगात्मक र प्राजेक्ट वर्कका माध्यमबाट सिकाउँछौं ।’ उनले भनिन्, ‘अमेरिकामा गएर प्राप्त गर्ने स्तरको शिक्षा सतप्रतिशत नेपालमा नै दिईरहेका छौं । उच्च शिक्षाका लागि विद्यार्थीले अनावश्यक खर्च गरेर अमेरिका जानु पर्दैन ।’

हाल विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा ५९ भन्दा बढी कलेजले विभिन्न प्रोग्राम चलाइरहेका छन् । ती कलेजहरुमा करिब २२ हजार विद्यार्थीले घरैमा बसीबसी विदेशी स्ट्यान्डर्डको शिक्षा हासिल गरिरहेका छन् ।

नेपालमा सञ्चालित अधिकांश संस्थाहरुले सैद्धान्तिक ज्ञानलाई मात्रै फोकस गर्दै आएका छन् । हामी सैद्धान्तिक, प्रायोगात्मक र अनुसन्धानमुलक विधिबाट सिकाइलाई अगाडी बढाई रहेका छौं । त्यसैले यो कलेजले अन्य कलेजको भन्दा फरक तरिकाले पढाउँदै आएको गुरुङले दाबी गरिन् ।

सर्व सुलभ शूल्कमा गुणस्तरीय शिक्षाः

एउटा विद्यार्थीले स्नातक तहको चार बर्षे कार्यक्रममा लागि अमेरिका गएर पढ्दा शिक्षण शुल्कमा करिब ६५ हजार डलर तिर्नुपर्छ अर्थात रु. ७५ लाख नेपाली रुपियाँ भन्दा बढी तिर्नुपर्छ भने, नेपालमा नै पढ्दा सोही बिषय करिब रु. ११ लाख ५० हजार शिक्षण शुल्क तिरेर हासिल गर्न सकिन्छ ।

स्नाकोत्तरको दुई बर्षे कार्यक्रमका लागि अमेरिका गएर पढ्दा शिक्षण शुल्क बापत करिब ४५ हजार डलर तिर्नुपर्छ भने नेपालमा बसेर सोही बिषय करिब रु. ८ लाख ५० हजार शुल्कमा पढ्न सक्ने अध्यक्ष केसीले बताए ।

नेपालमा बसेर पढ्ने नेपाली विद्यार्थीहरुले पनि अमेरिकाकै पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रयोग गरेर अमेरिकी विश्वविद्यालयले छनोट गरेका अनुभवी तथा दक्ष प्राध्यापकहरुबाट अमेरिकन स्ट्याण्डरको शिक्षा प्राप्त गरिरहेको कलेजले जानकारी दियो ।

विद्यार्थी आकर्षण सोचेभन्दा राम्रो

अहिले कलेजमा ७१५ विद्यार्थी अध्ययनरत छन् । कलेजले कार्यक्रम सुरु गर्दा देखि नैै विद्यार्थी तथा अभिभावकको आकर्षण उत्तिकै छ । अहिले कक्षा १२ को नतिजा सार्वजनिक नहुँदै नयाँ प्रोग्राममा पनि करिब विद्यार्थी संख्या पुरा भइसकेका छन् । स्नातक तह आइटीमा एक वर्षमा २४० जना र व्यवस्थानमा १६० मात्र विद्यार्थी भर्ना गर्ने कलेजको सोच छ । भने स्नातकोत्तर तहमा व्यवस्थापन र आइटी दुवै प्रोग्रामहरुमा दुई शैक्षिक सत्रमा ७०–७० जना विद्यार्थी मात्र भर्ना गर्ने केसीले बताए ।

भौतिक संरचना राम्रो छ । नयाँ प्रविधिको प्रयोग गरी पठनपाठन गर्दै आएका छौं । विश्व विख्यात कम्पनीका वरिष्ठ विषय विज्ञहरुको संलग्नतामा विश्वाविद्यालय÷कलेजले कोर्स परिमार्जन गर्दै आएको केसीले बताए । कलेजले एउटा कक्षामा स्नाकोत्तर तहमा ३५ र स्नातक तहमा ४० जना विद्यार्थीलाई मात्र राख्ने गरेको छ ।

दीक्षित विद्यार्थीहरु सतप्रतिशत नै रोजगारी र व्यवसायमा

कलेजका सतप्रतिशत विद्यार्थीले उच्च शिक्षा पछि स्वदेश तथा विदेशका राम्रा कम्पनीमा रोजगारी पाएका छन् । अधिकांश विद्यार्थीले आप्mनै व्यवसाय संचालन गरिरहेका छन् । कलेजबाट उत्पादित अधिकांश दीक्षित विद्यार्थीहरु नेपालका ख्याती प्राप्त बैंक तथा वित्तीय संस्था, बिजनेश कर्पोरसन, अन्तर्राष्ट्रिय संघ संस्था, सरकारी निकाय, संयुक्त राष्ट्र संघ र त्यसका विकास साझेदार संस्थाहरुमा उच्च ओहोदामा पुगेको केसीले जानकारी दिए । ‘उत्पादित विद्यार्थीहरु ८० प्रतिशत नेपालमा र २० प्रतिशत विदेशमा छन् ।’ उनले भने, ‘स्नातकपछि स्नातकोत्तरका लागि विदेश जाने गरेका छन् ।

कोरोनाले असर गरेन

कोरोना संक्रमणका बिच कलेजका तीन व्याचका विद्यार्थीहरु ग्राज्युएट भइसकेका छन् । कलेजले अहिले अनलाइन माध्ययमबाट कक्षा सञ्चालन गर्दै आएको छ । अनलाइन पनि विश्वविद्यालयको ग्लोवल एकेडेमिक पोटल र त्यसमा इन्ट्रीगेटड जुमका माध्यमबाट कक्षा कोठा जस्तै गरेर समूह विभाजन गरी हरेक सेक्सनका विद्यार्थीहलाई ग्रुप स्टडी समेत गराई रहेको केसीले जानकारी दिए । ‘कसैलाई कसैको डिस्टर्ब पनि हुँदैन । कक्षा पनि रोकिएन ।’ उनले भने, ‘कोरोनाको अवधिमा तीन व्याचका विद्यार्थी ग्राजुएट भएका छन् ।’

Thuprai - Books and E-books