After SEE Portal

चितवन मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार गर्ने चेतावनी

Bridge Course

चितवन मेडिकल कलेजले विद्यार्थीहरुको बढी शुल्क फिर्ता नगरे दोस्रो वर्षको परीक्षा बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले शुल्क फिर्ता नगरे परीक्षा बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले गत मंसिर २० गतेदेखि शुरु भएको एमबीबीएस, बीडीएस लगायतका स्तनाक तह प्रथम वर्षको सबै परीक्षा वहिष्कार गरेका थिए । 

गत मंसिर २८मा सूचना जारी गरी शुल्क समायोजन गर्ने निर्णय गरेको कलेजले अहिलेसम्म शुल्क फिर्ता नगरेका कारण विदार्थीहरु पुनः आन्दोलनमा उत्रने भएका हुन् । कलेजले जारी गरेको शूल्क समायोजनको निर्णय काजगमा अलपत्र परेको भन्दै विद्यार्थीहरूले परीक्षा बहिष्कार गर्ने भएका हुन् ।

 अभिभावकहरुले मेडिकल कलेजले गरेको सहमतीअनुसार शुल्क फिर्ताको प्रक्रिया अझै शुरु नभएको गुनासो गरेका छन् ।अभिभावकहरुले सरकारले शुल्क फिर्ता गराउला भन्ने आशा लिए पनि सरकारबाट आस लाग्दो परिणाम नआएको गुनासो गर्दै आएका छन् । छोराछोरीको भविष्यमाथि खेलवाड नगर्न सरकार र मेडिकल कलेजलाई उनीहरू आग्रह गरे ।

एमबीबीएस तेस्रो र चौथो वर्षका विद्यार्थीसँग कलेजले ६२ लाखसम्म शुल्क लिइएको विद्यार्थी प्रकाश चन्दले बताए । सरकार र मेडिकल कलेज सञ्चालकबिच अतिरिक्त शुल्क फिर्ता गर्ने सहमती भएपनि कलेजहरूले अहिलेसम्म शुल्क फिर्ता गर्न आनाकानी गर्दै आएका छन् । गत मंसिर १० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र मेडिकल कलेज सञ्चालकबिच शुल्क फिर्ता गर्ने विषयमा सहमती भएको थियो ।

A Levels MA
Thuprai - Books and E-books