After SEE Portal

प्रविधिमैत्री शिक्षिक समाज प्युठानद्वारा २० दिने भर्चुअल तालिम सम्पन्न

Bridge Course

प्रविधिमैत्री शिक्षिक समाज प्युठानले आयोजना गरेको शिक्षण सिकाइमा प्रविधिको प्रयोग सम्बन्धि २० दिने zoom virtual तालिम आज समापन भएको छ ।  

यस तालिम कार्यक्रममा खगेन्द्र खत्री, एन्जिल थापा, शेरचन्द्र, धुर्ब गिरि, शुशिला गिरि र जयन्ता घिमिरेले प्रस्तुतिका साथै कायक्रमको सहजिकरण गर्नुभएको थियो ।

यस समापन  कार्यक्रममाको अध्यक्षता प्रविधिमैत्री  शिक्षाक समाज प्युठानका श्री ध्रुव गिरि ले गर्नुभयको थियोे भने प्रमुख अथितिको रुपमा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय अध्यक्ष श्री भुपती बश्याल ज्यु हुनुहुन्थ्यो । त्यसैगरी विशिष्ट अथितिको रूपमा  शिक्षा विकास तथा समोनय एकाइ प्युठान का प्रमुख श्री शिव राज पन्डित ज्यु हुनुहुन्थ्यो । त्यसैगरी प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय पदाधिकरीहरु, प्रदेशका पदाधिकारीहरु अनि विभिन्न पेसागत संघसंगठनमा आवद्ध व्यक्तित्वहरु अनि प्युठान जिल्लाका स्थानीय तहका शिक्षा प्रमुखहरु पत्रकारहरु आमन्त्रित अथितिको रुपमा आसिन हुनुहुन्थ्यो ।  

उक्त कार्यक्रमको संचालन STFT प्युठानका सचीव श्री ज्ञानहरि रिजालले गर्नुभएको थियो भने, स्वागत मन्तव्य  STFT प्युठान कि महिला उपाध्यक्ष श्री जयन्ता घिमिरेले प्रस्तुत गर्नुभएको थियोे । उक्त कार्यक्रममा २० दिनमा सिकेका कुराहरू सहभागीहरुबाट प्रस्तुति दिनुभएको थियोे । जसमा सुशीला गिरि, सिर्जना पन्डित , पुस्कर भट्टराई , कल्पना थापाबाट PowerPoint, Word, Excel अनि Web Tool को बारेमा  प्रस्तुति  दिनुभएको थियोे । उक्त कर्यक्रममा १०० जनाको उपस्थिति रहेको थियो ।

STFT प्युठानले यस COVID-19 ले गर्दा भएको बन्दाबन्दिको समयको सदुपयोग गर्दै गत बैशाख १२ देखि शिक्षकहरुको लागि Virtual कक्षा निरन्तर संचालन  गर्दै आइरहेको छ र फेरी पनि नयाँ तालिमको खाका छिटै लिएर आउने STFT प्युठान का अध्यक्ष ध्रुव गिरि ले जानकारी गराउनु भएको  थियो । कार्यक्रममा निरन्तर सहभागी हुनुहुने करिब ७० जना शिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिने छ ।

A Levels MA
Thuprai - Books and E-books