A Levels MA

कोड फर चेन्जले उत्साहपुर्ण ढंगले सम्पन्न गर्यो भर्चुअल टेक कंक्लेभ

"कोड फर चेन्ज" नेपालमै पहिलोपटक भर्चुअल्ली 'टेक कंक्लेभ' जस्तो ठुलो कार्यक्रम गर्न सफल भएको छ। बन्दाबंदी ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने प्रविधिको क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ नेपालमै पहिलोपटक भर्चुअल टेक कार्यक्रम गरेको हो।

"कोड फर चेन्ज" विगत केहि वर्ष देखिनै प्रविधि संग जोडिएर आफ्नो अध्ययन अध्यापन लाई अगाडि बढाइरहेका विधार्थीहरुका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ र यसै क्रममा बन्दाबंदीले धरासाही भएको नेपालको शैक्षिक क्षेत्रलाई केहि टेवा पुगोस र प्रविधिमा मान्छेहरुको ध्यान केन्द्रित होस् भन्ने अपेक्षाका साथ भर्चुअल्लि टेक कार्यक्रम गरेको हो। 

कोभिड -१९ बाट अस्तव्यस्त भई बन्दाबंदी को अवस्थामा रहेको नेपालमा भौतिक उपस्थितिमा यस्ता कार्यक्रम गर्न सम्भव नभएपछी "कोड फर चेन्ज" ले नेपालमै पहिलोपटक यस भर्चुअल कार्यक्रम गरेको हो भने, निष्क्रिय भई बसिरहेका बिधार्थिहरुलाई सक्रिय बनाउनु, विभिन्न व्यवसायका उपाएहरु लिनु दिनु, अन्लाइन खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न मद्दत गर्नु र विभिन्न बिधार्थीहरुले गर्नुभएका परियोजनाहरुको बढुवा गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको र उक्त उदेश्य ३ दिन चलेको उक्त कार्यक्रमले सफल पारेको "कोड फर चेन्ज" का परियोजना प्रमुख निराजन क्षेत्रीले बताउनु भयो।

कार्यक्रम श्रावण ३० गते बाट शुरु भएर ३ दिन सम्म अर्थात श्रावण ३२ गते सम्म संचालन भएको थियो। उक्त कार्यक्रममा टेक्सस कलेजका प्रमुख कार्यकारी भेष राज  पोख्रेलले नेपालको शैक्षिक नीतिलाई परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो भने टुटल का प्रमुख कार्यकारी शिक्षित भट्टले नयाँ नयाँ खोज तथा अनुसन्धान गर्न प्रोत्साहन गर्नुभएको थियो र एडुसंजाल का प्रमुख व्यवसाय प्रवन्धक राजन कोईरालाले सबै कुराको ज्ञान राख्नुपर्ने तथा कुनै एउटा क्षेत्रमा चाहिँ विज्ञता हासिल गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

त्यसै गरि कार्यक्रममा Entrepreneur Space, Panel Discussion र Speakers Session जस्ता महत्वपुर्ण सेसनहरु भएका थिए भने Entrepreneur Space मा प्रस्तोताहरुले आफ्नो अनुभव बाड्दै सहभागीहरुलाई चुनौतीहरुको सामना गर्दै अघि बढ्न प्रोत्साहन गर्नुभएको थियो भने Panel Discussion मा निजि तथा सरकारी शैक्षिक सस्थाहरु तथा यसका योजना र कार्यनिति कार्यन्वयनको बारेमा छलफल  गरिनुका साथै उधमशिलातामा कोभिड -१९ ले पारेको असर र यसबाट मिलेका अवशरहरुका बारेमा समेत विश्लेषण गरिएको थियो। उक्त छलफलमा कोभिड -१९ ले वैदेशिक शिक्षामा पारेको प्रभावहरुको बारेमा समेत वृस्तृत रुपमा छलफल गरिएको थियो र Speakers Session मा Speaker हरुले  केन्द्रित र विकेन्द्रित शिक्षाको बारेमा पनि विश्लेषण गर्दै नेपालमा रोजगारका अवसरहरु र त्यसमा प्रविधि को सम्बन्ध समेत स्पस्ट पार्नुभएको थियो भने साइबर सुरक्षाका चुनौतीहरु तथा सामना गर्ने उपाएहरुका बारेमा पनि वृहत छलफल भएको थियो।

उक्त २० भन्दा बढी विशिस्ट व्यक्तिहरुको उपस्थिति तथा प्रस्तुति रहेको कार्यक्रममा विभिन्न ३०० भन्दा बढी प्रत्यक्ष सहभागी हरु रहेका थिए भने कार्यक्रम "कोड फर चेन्ज" को आधिकारिक फेसबुक पेजबाट समेत लाईभ गरिएको थियो। उक्त कार्यक्रममा बन्दाबंदिमा विधार्थी र विश्वविधालयहरुको अवस्था, वैकल्पिक उपाएहरु र प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने कुराहरु आएका थिए भने उधमशिलता कसरि र कहाँ बाट शुरु गर्ने जस्ता कुराहरु समेत सिकाइएको थियो र यस संगै विभिन्न हाजिरीजवाफ, पब्जी जस्ता खेलहरु समेत खेलाईएको थियो। हाजिरीजवाफ प्रतियोगितामा ईटहरिका सुनिल खड्का विजेता बन्दै पुरस्कार जिते भने पब्जी प्रतियोगितामा मा Crews of Destiny को Squad विजेता बन्दै पुरस्कार हात पार्न सफल भयो। त्यसैगरी काठमान्डौका किरण कार्कीले ले उत्कृस्ट परियोजना प्रस्तुत गर्दै Ideathon को उपाधि तथा पुरस्कार हात पार्न सफल भए।

कार्यक्रममा सहभागिहरुलाई विभिन्न आकर्षक उपहारहरु र सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको थियो। उक्त कार्यक्रम एकदमै जीवन उपयोगी भएको भन्दै धेरै जसो सहभागीहरुले धन्यवाद दिदै फेरी फेरी यस्ता कार्यक्रमहरु गरिरहन समेत "कोड फर चेन्ज" लाई विभिन्न माध्यमहरुबाट आग्रह तथा प्रोत्साहन आईरहेको बताउदै परियोजना प्रमुख क्षेत्रीले आगामी वर्षहरुमा भौतिक रुपमा यस  कार्यक्रममा भएका कमि-कमजोरिहरुलाई सच्याउदै अझै उत्कृस्ट कार्यक्रम गर्ने समेत बताउनुभयो र कार्यक्रमको समापन समारोहमा सबै सहभागीहरुलाई आभार तथा धन्यवाद समेत व्यक्त गर्नुभयो।

Thuprai - Books and E-books