पिंजडाबाट फुत्किएको सुगा जस्तै भा छ, खाली समय भर्चुअल कक्षा चलाइदिए हुन्थ्यो
‘माध्यमिक शिक्षा परीक्षा (एसईई) आउन दिन गन्दै सरले बेलुका १० बजे सम्म पढ्न लगाउनु हुन्थ्यो बिहान ३.४५ मा उठाएर हात मुख धुन लगाई पढन् लगाउनु हुन्थ्यो ।’ भक्तपुरको एक निजी विद्यालयमा अवासीय रुपमा एसईईको तयारी गरिरहेका विद्यार्थी क्षितिज कार्कीले भने, ‘कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण एसईई स्थगित भयो अहिले पिंजडाबाट उडेको सुगा जस्तो स्वतन्त्र महसुस भा छ, बाबाममीले एकछिन पढ्न लगाउनु हुन्छ बाँकी समय अनलाइनमा गेम खेलेर फिलिम हेरेर बित्छ ।’
उनकै जस्तो स्वच्छन्द महुसुस गदैछन् भक्तपुरकै अरिनिको माध्यमिक विद्यालयका एक छात्रा । उनलाई पनि आजभोलि घरमा बुबाआमाले बाहिर निस्कन दिनु हुन्न । उनलाई बाहिर खेल्न जान मन लाग्दैन । उनले अनलाइनबाट कोरोभाइरस (कोभिड–१९) का बारेमा बुझेको हुनाले यसको संक्रमणबाट बच्च दिनमा तीन चारपटक साबुन पानीले हात मिचिमिचि धुन्छिन् र भाइलाई पनि धुन लगाउछिन् । ‘आजभोलि सबैका घरमा नेट छ त्यसैले सरहरूले अङ्ग्रेजी, विज्ञान, गणित, सामाजिक अध्ययन विषयका पाठहरू भर्चुअल माध्यमबाट रिभिजन गरिदिए हुन्थ्यो ।’
‘मैले एक दिन भर्चुअल कक्षाको बारेमा फेसबुकमा लेखेको भेटें, पढें सर्च गरे नेपाली कक्षा भेटिन तर एउटा चिनिया वेब साइटमा विज्ञानका कक्षाहरू भेटें मैले त्यसमा हेरेर कक्षामा भन्दा धेरै कुरा बुझें ।’
उनकै जस्तै माग छ कालिका माध्यमिक विद्यालय जिरिखिम्तीबाट एसईईको तयारी गरिरहेका विद्यार्थी दीपक लिम्बुको । उनले पनि फेसबुकबाट भर्चुअल कक्षाका बारेमा बुझेका छन् । उनी आफ्नो मोवाइलबाट दैनिक जसो भर्चुअल कक्षा सर्च गरेर हेर्ने गरेको बताउँछन् । उनले भर्चुअल कक्षा विदेशी वेबसाइटबाट हेर्ने गरेका छन् । ‘मैले एक दिन भर्चुअल कक्षाको बारेमा फेसबुकमा लेखेको भेटें, पढें सर्च गरे नेपाली कक्षा भेटिन तर एउटा चिनिया वेब साइटमा विज्ञानका कक्षाहरू भेटें मैले त्यसमा हेरेर कक्षामा भन्दा धेरै कुरा बुझें ।’
सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम नै भर्चुअल सिकाइ हो । वेबको प्लेटफर्म भर्चुअल कक्षा हो । सूचना र सञ्चारका साधनहरू र त्यसको प्रयोगमार्फत शिक्षक र विद्यार्थीबिच अन्तरक्रिया गर्ने, खुला र लचकदार प्रक्रियामार्फत इन्टरनेट, सिडीरोम, भिडियो कन्फरेन्सिङ, सफ्टवेयर लगायतका अन्य सञ्चारका माध्यमहरू प्रयोग गर्दे व्यवस्थित सिकाइ अनुभवसहित आवश्यक स्रोत साधनयुक्त कक्षाकोठा भित्रको सिकाइ प्रक्रिया नै भर्चुअल सिकाइ भएको शिक्षा मन्त्रालयका उपसचिव धिरेन्द्रप्रसाद शर्मा बताउँछन् ।
नेपालमा आर्थिक वर्ष २०७२र०७३ देखि साबिकको शैक्षिक जनशक्ति विकास केन्द्रले भर्चुअल कक्षा सञ्चालन गर्दै आएको छ । त्यसैगरी आर्थिक वर्ष २०७३-०७४ मा १०० वटा विद्यालयमा आ.ब। २०७४-०७५ मा ६५ थप गरी १६५ वटा विद्यालयमा यो कक्षा सञ्चालन गरिएको केन्द्रले जानकारी दियो । आर्थिक वर्ष २०७२-०७३ देखि केन्द्रबाट सुरु केन्द्रले ब्रोडब्याण्ड इन्टरनेटका माध्यमबाट अङ्ग्रेजी, गणित र विज्ञान विषयको अध्यापन गर्न सुरु गरेको हो भने अहिले गरी १६५ वटा विद्यालयमा मल्टिकास्टिङ प्रविधिबाट ब्यान्डविथ शुल्कसहित प्रविधिगत उपकरण जडान गरी भर्चुअल कक्षाको सञ्चालन गर्दै आएको छ ।
हाल ब्रोडकास्टिङ पद्धतिबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १० का अनिवार्य ६ वटा विषयमा ५४२ र कक्षा ९ का अनिवार्य ६ वटा विषयमा ४०० वटा पाठहरू उत्पादन गरी नेपाल टेलिभिजनबाट प्रसारण गरिरहेको छ । कक्षा ९ र १० का उत्पादित भर्चुअल पाठहरू यूटुवमा राखी विद्यार्थी तथा शिक्षकहरूले आफ्नो आवश्यकता अनुसार हेर्न सक्ने व्यवस्था केन्द्रले गरेको हुनाले लकडाउनको अवस्थामा यसैको उपयोग गर्नुपर्ने केन्द्रका शाखा अधिकृत मनुजा बरालले बताइन् ।
पन्ध्रौँ योजनामा डिजिटल डिभाइडर न्यूनीकरण गर्ने, सूचना प्रणालीलाई सुदृढीकरण गर्ने र प्राथमिक तहदेखि उच्च शिक्षासम्मको शिक्षण सिकाइ प्रक्रिया तथा शिक्षक तालिममा कम्प्युटर सिप उपयोग गर्ने र यसका लागि पूर्वाधार र मानवीय क्षमता विकास गर्ने नीति उल्लेख गरिएको छ ।
राष्ट्रिय शिक्षा नीति, २०७६ ले संघीय तथा प्रदेश स्तरमा रहने पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक तालिम प्रदायक निकायबाट इ-लाइब्रेरी, भर्चुअल ल्याब, भर्चुअल कक्षाकोठा र शिक्षण सिकाइमा आधारित एप्सहरुको विकास गरी प्रयोगमा ल्याइने
राष्ट्रिय शिक्षा नीति, २०७६ ले संघीय तथा प्रदेश स्तरमा रहने पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक तालिम प्रदायक निकायबाट इ-लाइब्रेरी, भर्चुअल ल्याब, भर्चुअल कक्षाकोठा र शिक्षण सिकाइमा आधारित एप्सहरुको विकास गरी प्रयोगमा ल्याइने नीति उल्लेख गरेको छ ।
भर्चुअल कक्षाको मुख्य उद्देश्य नै शिक्षणमा पहुँच र गुणस्तर अभिवृद्धि गर्नु हो । त्यसैले विभिन्न सरकारी तथा निजी क्षेत्रबाट तयार गरिएका भर्चुअल कक्षालाई आआफ्नो विद्यार्थी माझ पुर्याउनु पर्ने अभिभावकको माग छ । हामीले सहजै भर्चुअल कक्षा भेट्न सकेनौं त्यसैले यसको बारेमा जानकारी पाए यसैको उपयोग गरेर छोरोछोरीलाई पढ्न प्ररित गर्ने अभिभावक मेनुका कार्कीले बताइन् ।
सिकाइलाई कक्षाकोठामा मात्र सीमित नराखी यसलाई प्रविधिमैत्री बनाउने उद्देश्यले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ९ र १० का सबै अनिवार्य विषयको भर्चुअल कक्षा तयर गरिएको केन्द्रका महानिर्देशक तुलशीप्रसाद थपलियाले बताए । ‘केही सहजता भएपछि एसईई सञ्चालन हुन्छ त्यसका लागि विद्यार्थीले घरैमा बसी बसी तयरी गर्न सक्छन् ।’ महानिर्देशक थपलियाले भने, ‘यसका लागि Virtual Class of All Compulsory Subjects (Class 9-10): https://www.youtube.com/ncedvirtual लिंक हुर्नुपर्छ, यसबाट एसईई परीक्षाको पर्खाईमा बसेका ४ लाख ८२ हजार २१९ परीक्षार्थी नै लाभान्वित हुन्छन् ।।’