विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय संखुवासभामा

मन्त्री परिषद्को हिजोको बैठकले आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि संखुवासभा खाँदवारी नगरपालिका वडा नं ९ र भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं।६ मा जग्गा प्रदान गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्ती परिषद्ले उक्त स्थानमा विश्वविदँलयका लागि जग्गा प्राप्त गरी उक्त जग्गामा विश्वविद्यालयको भवन तथा अन्य पूर्वाधार संरचनाको निर्माणका लागि निर्माणस्थल तोक्ने निर्णय गरेको हो।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री परिषद्को सो निर्णय सार्वजनिक गरेका हुन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal