After SEE Portal

राजर्षिजनक विश्वविद्यालयको उपकुलपति माग

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि दरखास्त माग गरेको छ । राजर्षिजनक विश्वविद्यालय ऐन, २०७४ बमोजिम सो विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि ९ गते भित्र आवेदन दिन सूचित गरेको हो ।

आवश्यक न्यूनतम योग्यता सम्बन्धी कागजात तथा प्रमाण संलग्न गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार ९कोठा नं ४०७० मा दरखास्त दर्ता गराउने गरी सूचना जारी गरेको छ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेको, उच्च शिक्षाको क्षेत्रमा प्राध्यापक पदमा रही काम गरेको, विश्वविद्यालयको शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन, सहायक डिन, विभागको प्रमुख जस्ता व्यवस्थापकीय तथा शैक्षिक प्रशासन सम्बद्ध पद मध्ये कुनै एक पदमा कम्तीमा एक वर्ष काम गरेको, प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको तथा विश्वविद्यालयसँग कुनै संस्थागत स्वार्थ नबाझिएको, नेपाली नागरिक भएको व्यक्तिबाट आवेदन माग गरेको हो ।

प्राज्ञिक अनुसन्धानमूलक परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको विवरण तथा प्रमाण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका पियर रिभ्युड जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेखहरूको विवरण तथा उक्त लेखहरूको प्रतिलिपि, बढीमा ३००० शव्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र र ३००० शव्द भित्रको चार वर्षे व्यवसायिक कार्ययोजना पेश गर्नु पर्ने सूच्नामा उल्लेख गरिएको छ ।

मन्त्रालयले यसअघि २०७८ पुसमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । तत्कालीन सरकारले उपकुलपति नियुक्तिका राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरी तीनजनाको नामसमेत सिफारिस गरेको थियो ।समितिले गएको पुस ८ गते उपकुलपतिका लागि छनोट भएका तीनजनाको नाम शिक्षा मन्त्रालयमा बुझाएको भए पनि नेताहरूमा भागबन्डा नमिल्दा  रेक्टर, रजिस्ट्रार डिनलगायत  विश्वविद्यालयमा पदाधिकारी रिक्त भएको एक वर्ष काटिसकेको छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालय उप तथा सहायक प्राध्यापक माग

त्यसैगरी लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिले उपप्राध्यापक तथा सहायक प्राध्यापकका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयका लागि  दुई जना उप प्राध्यापक र दुई जना सहायक प्राध्यापक पदका लागि आवेदन माग गरेको हो । खुल्ला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको छ । इच्छुकले वैशाख १९ गते भित्रआवेदन दिन माग गरिएको छ ।

A Levels MA