After SEE Portal

इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा उपकुलपति प्राडा सिंह सम्मानित

Bridge Course

इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा यो महिना मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह सम्मानित भएका छन् । इडियुसञ्जालले प्रदान गर्दै आएको महिना व्यक्तित्व पुरस्कारबाट प्राडा सिंह सम्मानित भएका हुन् ।

इडियुसञ्जालले उपकुलपति प्राडा सिंहलाई शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै एक कार्यक्रमका बिच केहिदिनमा सम्मान पत्र र चिनो हस्तान्तरण गर्ने घोषणा गरेको छ । प्राडा सिंहले नेपाली उच्च शिक्षामा ल्याएका योजना, उपकुलपति भएदेखिका कार्ययोजना र कर्णाली प्रदेशको समग्र शिक्षाका बारेमा देखाएका सक्रियता र योगदानको कदर गर्दै सम्मान गर्न लागिएको इडियुसञ्जाल सम्मान कार्यक्रम संयोजक राजन कोइरालाले बताए ।

दैलेखको त्रिभुवन हाइस्कुलबाट २०३७ सालमा एसएलसी पास गरेका प्राडा सिंहले नेपालका जनजातिको रोगसंग लड्न सक्ने क्षमता र डिएन, अपराध अनुसन्धानमा पिएचडी गरेका छन् ।

त्रिविको सेन्टर डिपार्टमा जुलोजी (प्राणीशास्त्र) का प्राध्यापक भएर आफ्नो भूमिका निर्वाह गरिसकेका  छन् ।  उनी १ वर्ष ६ महिना अघिदेखि मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका रुपमा कार्यारत छन् ।

 

A Levels MA
Thuprai - Books and E-books