SEE Result 2082

गुरुकुल शिक्षालाई स्तरीय बनाउनुपर्छ : उपकुलपति जगमान गुरुङ

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले नेपालमा संस्कृतका वाङमयको विकासका लागि गुरुकुल शिक्षालाई थप स्तरीय बनाउनुपर्ने आवश्यकतामा जोडदिनुभएको छ ।

वैयाकरण नेपालको ९८औँ जन्मजयन्तीको अवसरमा सो स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा डा ऋषिराम पोखरेल तथा स्वामी रामानन्द गिरीलाई वैयाकरण नेपाल स्मृति सम्मान प्रदान गर्दै उहाँले देशको विकासका लागि शिक्षाको ज्ञान पहिलो आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

गुरुकुल शिक्षाबाट विकास भएको नेपालको शिक्षा प्रणालीमा अझै सुधारको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

सो सम्मानको राशि जनही रु २५ हजार तथा सम्मानपत्र रहेको छ । सम्मानित व्यक्तित्व स्वामी रामानन्द गिरीले नेपालको युवापुस्ताले धर्म तथा संस्कृतिलाई बिर्सन थालेकोमा चिन्ता व्यक्त गर्दै उनीहरुलाई पनि गुरुकुलको दायरामा ल्याउनुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

डा ऋषिराम पोखरेलले आफूले जीवनभर गुरुकुल शिक्षाको विकासका लागि महत्वपूर्ण काम गरेको स्मरण गर्नुभयो । कार्यक्रमको सभापतित्व साहित्यकार तथा प्रतिष्ठानका अध्यक्ष ज्ञानमणि नेपालले गर्नुभएको थियो ।

+2 School
Counseling
Bachelors Portal