जेएनयूमा आक्रमण : दर्जनाैँ विद्यार्थी र शिक्षकहरू घाइते

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा आइतबार ५० जनाभन्दा बढी नकावधारीहरूले विद्यार्थी र शिक्षकमाथि कुटपिट गरेका छन् । 

आक्रमणमा परी दर्जनाैँ विद्यार्थी र शिक्षकहरू घाइते भएका छन् । जेएनयू विद्यार्थी संगठनले नकावधारी अखिल भारतीय विद्यार्थी परिषद् (एबीवीपी) र राष्ट्रिय स्वयम सेवक संघ (आरएसएस) का कार्यकर्ता भएको आरोप लगाएको छ । 

एबीवीपीले भने सो आरोपमा कुनै पनि सत्यता नभएको बताएको छ । एबीवीपी सत्तारुढ भारतीय जनता पार्टीको विद्यार्थी संगठन हो । 

जेएनयूका पूर्व विद्यार्थीसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अभिनेत्री स्वरा भाष्करको भिडियो रिट्वीट गर्दै  'शिक्षाको पवित्र स्थललाई जोगाउन’ सबैलाई अनुरोध गरेका छन् ।

शुल्क बढाइएको विषयलाई लिएर जवाहरलाल नेहरु विश्वविद्यायलयका विद्यार्थी लामो समयदेखि आन्दोलनरत थिए ।

 

Thuprai - Books and E-books