After SEE Portal

शैक्षिक सत्र सकिँदा कर्णालीमा पाठ्यक्रम प्रबोधीकरण तालिम पुग्ने आशंका

Bridge Course

 

कर्णालीका डोल्पा, हुम्ला र जुम्लामा भोलिबाट नयाँ शैक्षिक सत्र सुरुहुँदै छ । तर विद्यालयका शिक्षकले एकीकृत पाठ्पुस्तक हेर्न पाएका छैनन् । नत पाठ्यक्रम नै देखेका छन् । शैक्षिकसत्र सुरुहुनुभन्दा अगाडिनै शिक्षकलाई पाठ्यपुस्तक सम्बन्धी तालिम दिएर कक्षाकोठामा प्रवेश गराउने भनिए पनि अहिलेसम्म एक जना शिक्षकले पनि पाठ्यक्रम सम्बन्धी कुनै तालिम लिने अवसर पाएका छैनन् ।

पाठ्यपुस्तक पनि देख्न पाएका छैनन् । कर्णलीका यी जिल्लामा यो कार्यक्रम पुग्दा शैक्षिक सत्र सकिने हो कि भन्ने चिन्तामा शिक्षकहरु पुगेका छन् ।

पाठ्यक्रम विकास केन्द्र भने प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कक्षा १ देखि ३ को पाठ्यक्रमको प्राबोधिकरण (एमटट) कार्यक्रम मा जुटेको छ । सातै प्रदेशका दुईदुई जना प्रतिनिधिलाई केन्द्रले हिजो र आज एकीकृत पाठ्क्रमका विषयमा तालिम दियो तर कक्षाकोठामा पाठ्यक्रम कार्यान्वयन गराउने शिक्षकलाई यो तालिम दिन भने ढिलाइ गरेको छ ।

केन्द्रले सामाजिक विकास मन्त्रालयका प्रतिनिधिलाई हिजो र आज दुईदिने पाठ्यक्रम सम्बन्धी तालिम दियो । तालिममा एकीकृत पाठ्यक्रम, व्यवहार कुशलसीप, एकीकृति सिकाइ सहजीकरण योजना, विषय क्षेत्रगत कुरा र, सिकाइ सहजीकरण प्रक्रिया र मूल्याङ्कन प्रक्रियाका बारेमा सहजीकरण गरिएको एक सहभागीले बताए ।

केन्द्रको दुइजना र तालिम प्राप्त प्रदेश सरकारका  प्रतिनिधि हरेक जिल्लाका ३ जना शिक्षकलाई प्रदेश स्तरमा  तालिम  दिने भएका छन् । प्रदेश स्तरमा सकिएपछि जिल्लाका शिक्षकलाई तालिम प्रदान गर्ने केन्द्रले जानकारी दियो । प्रदेशमा दुई दिने र जिल्लामा ३ दिने तालिम प्रदान गरिनेभएको छ । त्यसैले कर्णालीका उच्च हिमाली जिल्लाको आधा  शैक्षिक सत्र सकिदामात्र तालिम लिन  पाउने सरोकारबालाहरुले आशंका  गरेका छन् ।

A Levels MA
Thuprai - Books and E-books