After SEE Portal

१५ वैशाखसम्म सबै विद्यार्थीले पाठ्यपुस्तक पाउँछन्

Bridge Course

हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र सुरू भएको १४ दिन भइसकेको छ । तर, पाठ्यपुस्तक छपाइको काम अझै सकिएको छैन । जनक शिक्षा सामग्री लिमिटेडले हालसम्म एक करोड ४० लाख पाठ्यपुस्तक मात्र छापेको छ ।

विगतमा जस्तै यो शैक्षिक सत्रमा पनि विद्यार्थीको पाठ्यपुस्तक अभावका कारण पठनपाठन प्रभावित हुने संभावना बढेर गइरहेको छ । फागुनमा शैक्षिक सत्र सुरु भएका अधिकांश विद्यालयमा अहिले पनि पाठ्यपुस्तक पुग्न सकेका छैनन् । जनकशिक्षाले भर्ना अभियान सञ्चालन गरुन्जेलसम्ममा पाठ्यपुस्तक पुर्याइसक्ने लक्ष्य लिएको छ । यसै सन्दर्भमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्र आचार्यसंग गरिएको कुराकानीको सारसंक्षेपः

विद्यालयस्तरका पाठ्यपुस्तक छपाइको जिम्मा लिनु भएको छ , छपाइको अवस्था कस्तो छ ?

जनक शिक्षा सामग्री लिमिटेडले शैक्षिक सत्र सुरु हुनु अगावै २ करोड १० लाख पाठ्यपुस्तक छपाई गर्नुपर्ने हो । तर अहिलेसम्म १ करोड ४० लाख पाठ्यपुस्तक मात्र छापिएको ।

हाम्रो प्रादेशिक कार्यालयमा पनि पठाइसकेका छौं । त्यसमध्येमा पनि कक्षा दुइ, तीन, चार, पाँच कक्षाको पाठ्यपुस्तक छापिसकेका छौं त्यस्तैगरी कक्षा ९ र १० को पनि पाठ्यपुस्तक छाप्ने काम सकिएको छ ।

अव कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक छाप्ने क्रम जारी छ । अझै कक्षा ६, ७ र ८ को ६० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी छ । दैनिक एक लाख २० हजार थान पाठ्यपुस्तक छाप्ने काम भइरहेको छ । चैत्र मसान्तभित्र सबै पाठ्यपुस्तक छाप्ने काम सकेर बैशाखको पहिलो हप्ता सबै जिल्लामा पुर्याउने लक्ष्य लिएर काम अघि बढेको छ ।

हामीले भर्ना अभियानसम्म विद्यार्थीको हातमा पुस्तक पुर्याउँछ । विद्यार्थीले भर्ना हुँदै पुस्तक लैजादैं गर्छन् । सबै सेट मिलाएर पुस्तक छापिरहेका छौं । कक्षा ६, ७ र ८ को पनि ३५ लाख थान त पाठ्यपुस्तक छापिसकेका छौं । हरेक दिन पुस्तक छाप्दै पठाइरहेका छौं ।

शैक्षिक सत्र सुरु हुने बेलामा ६० लाख भन्दा बढी पाठ्यपुस्तक छाप्नै बाँकी छ, छपाइ ढिला भएको होइन ?

भएको छैन । यस वर्ष कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक कलर गर्ने भनेर सरकारले निर्णय गर्यो । र, सि.आर.सी प्रिन्टिगं प्रेस माघमा प्राप्त भयो । त्यहि भएर छपाईको काम ढिलो भएको हो । कागज पनि नयाँ किन्नुपर्ने भयो ।

रगींनका रूपमा पहिलोपटक व्यवस्थापन गर्नुपर्ने भएकाले पनि केहि ढिलो भएको यथार्थ हो । तर, हामी समयमै काम सक्छौं ।

अव कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक छाप्ने क्रम जारी छ ।  चैत्र मसान्तभित्र सबै पाठ्यपुस्तक छाप्ने काम सकेर बैशाखको पहिलो हप्ता सबै जिल्लामा पुर्याउने लक्ष्य लिएर काम अघि बढेको छ ।

रंगीन पाठ्यपुस्तक छपाइको अवस्था कस्तो छ ?

पहिले व्ल्याक एण्ड ह्वाइट थियो अहिले रगींन रूपमा आएको छ । कक्षा आठसम्मका पाठ्यपुस्तक कलर फूल बनाइएको छौं ।

कक्षा एकको कोर्स परिवर्तन भएको छ । तर हामीले छापेका छैनौं । ती पाठ्यपुस्तक निजी क्षेत्रले छापिरहेका छन् । सरकारले कक्षा एक, दुइ, तिन, चारको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिइएको छ । हामीले कक्षा १ देखि चारसम्म प्रतिष्पर्धा गरेर पाठ्यपुस्तक बिक्री गर्नुपर्छ । कक्षा ५ देखि १० सम्मको हामी आफैले छापेर बिक्री गर्नुपर्छ ।

बिक्री कसरी हुन्छ ?

९ ठाउँबाट पुस्तक विक्री हुन्छ । केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, सुर्खेत, धनगढी, जनकपुर, विराटनगरमा कार्यालय छ । गोदाम पनि छ । बिक्रेता आएर सुचिकृत हुनुहुन्छ र, माग अनुसार पाठ्यपुस्तक एिर जानुहुन्छ । चैत्र १५ बाट हामीले बिक्री खुल्ला गरिदिन्छौं । जनकका कम बिक्री हुन्छन् । हामीले बिक्रीमा दिने कमिसन छुट र निजी क्षेत्रले दिने कमिसन छुटमा फरक छ । हामीले वोर्डको निर्णय अनुसार कमिसन दिन्छौं । हामी थोरै कमिसन लिएर पुस्तक बेच्छौं । पाठ्यपुस्तक छापिने तर पटक पटक लिलामीमा जाने समस्या छ भन्छन् नी वास्तविकता के हो ?कक्षा एकको वुकको साइज चेन्ज भएको छ । गत वर्ष बिक्रीको आधारमा कक्षा २, ३ र ४ को पाठ्यपुस्तक छापेका छौं । कक्षा ५ देखि १० सम्म विद्यार्थी तथ्याकंका आधारमा पाठ्यपुस्तक छापेका छौं । तर, गत वर्ष २ करोड पाठ्यपुस्तक छापे पनि एक करोड ६७ लाख मात्रै विक्री भएको थियो । विद्यार्थी तथ्याकं धेरै भएपनि विक्री दर कम भयो गत वर्ष । दुइ करोड ११ लाख थान पाठ्यपुस्तक छाप्ने भनेर लक्ष्य लिएका छौं । गत वर्ष जति मात्रै विक्रि गर्ने भए अब ३७ लाख थान पाठ्यपुस्तक भए सजिलै पुग्छ । शिक्षा मन्त्रालयबाट आएको विद्यार्थी तथ्याकंका आधारमा पाठ्यपुस्तक छाप्यो भने सो अनुपातका पाठ्यपुस्तक बिक्री नभइ लिलाम गर्नु पर्ने अवस्था सिर्जना हुन्छ । 

पाठ्यपुस्तक छपाइका चुनौतीहरू के कस्ता छन् नी ?

कोर्स परिवर्तन भयो भने स्टकमा रहन्छ र घाटामा जान्छ । कक्षा १ को पुस्तक कोर्स आउट भयो । झुरा कागजका रूपमा लिलाम गरेर बेच्नुपर्ने हुन्छ । करोडको सामग्री छ भने लाखमा बिक्री गर्नुपर्ने हुन्छ । वर्षेनी ३० लाख पाठ्यपुस्तक स्टक रहन्छ । लगानी खेर जान्छ ।

A Levels MA
Thuprai - Books and E-books