A Levels MA

कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा विभिन्न पदमा दरखास्त आव्हान (विज्ञापनसहित)

कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालयले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्क परीक्षाबाट विभिन्न पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयले रिक्त रहेका पदहरू आन्तरिक, खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति  गर्नका लागि आज विज्ञापन गरेको छ ।

आवश्यक योग्यता र सेवा शर्त पूरा गरेका योग्य नेपाली नागरिकहरूबाट कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको अनलाइन पोर्टल मार्फत दरखास्त आव्हान गरेको छ ।

विश्वविद्यालय सेवा आयोगको कार्यालयले  विश्वविद्यालयको विभिन्न रिक्त पदमा बढुवाद्वारा पदपूर्तिका लागि समेत विज्ञापन गरेको छ ।  कृषि तथा वन विज्ञान विश्वविद्यालय कर्मचारी नियुक्ति एवम् बढुवाका आधार, कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमता अंक विभाजन एवम् सिफारिस सम्बन्धी कार्यविधि, २०७० बमोजिम बढुवा हुने पदको श्रेणीभन्दा एक श्रेणी मुनिको पदका लागि तोकिएको आवश्यक न्यूनतम् शैक्षिक योग्यता र एक श्रेणी मुनिको सम्बन्धित सेवा समूहको पदमा ५ वर्ष स्थायी सेवा अवधि पूरा गरेका सम्भाव्य उम्मेदवारहरुले सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई मितिअसार ३० गतेसम्म नियमित  र दोब्बर दस्तुर तिरी साउन ५ गतेसम्ममा सेवा आयोगको कार्यालय रामपुर चितवनमा दरखास्त  दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books