![प्रतिष्ठानद्वारा विभिन्न पदका लागि आवेदन माग](https://media.edusanjal.com/__sized__/u/2024-06-20-11-52-42-gopa-asar-7-12-page-001-crop-c0-5__0-5-300x180-70.jpg)
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनका लागि अनुमति पाएका छन् ।
चिकित्सा शिक्षा आयोगले दुवै प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएनएसको कक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेको हो ।
आयोगले आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्न दुवै प्रतिष्ठानलाई पहिलो पटक सिट निर्धारण गरेको छ ।
आयोगले नर्सिङ अध्यापनका लागि दुवै प्रतिष्ठानलाई बिएससी र बिएनएसका लागि २०–२० सिट निर्धारण गरेको छ । योसँगै दुवै प्रतिष्ठानमा पहिलो पटक नर्सिङ कार्यक्रम सुरु गर्ने ढोका खुलेको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अगामी शैक्षिक शत्रदेखि अध्यापन सुरु हुने जानकारी दियो । कक्षा सञ्चालनका लागि भौतिक, प्रशासनिक अवस्था तयारी रहेको प्रतिष्ठानहरू बताउँछन् ।