After SEE Portal

कार्यक्रम स्थगित गरे पनि त्रिविले कक्षा र परीक्षा स्थगित नगर्ने

Bridge Course

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुरले कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वव्यापी फैलिइ रहेको हुनाले विश्वविद्यालय भित्र गरिने सभा, सम्मेलन, गोष्ठी, सेमिनार, भेला, खेलकुद जस्ता कार्यक्रमहरु हाललाई स्थगित गर्ने भएको छ ।

त्रिविले विश्वविद्यालयबाट सञ्चालन हुने कक्षा र परीक्षाहरु भने नियमित गर्ने भएको छ । त्रिविका परीक्षार्थी तथा विद्यार्थीहरुलाई साबुन पानीले हात धुने व्यवस्था, सेनिटाइजरको व्यवस्था, तथा सम्भव भएमा हेल्प डेस्कको व्यवस्था गर्न समेत त्रिविले मातहतका सबै क्याम्पसलाई अनुरोध गरेको छ ।

विद्यार्थीलाई रुघा, खोकी र ज्वरो आएका परीक्षार्थीहरुलाई अलग्गै राखी परीक्षा दिने व्यवस्था गराउने भएको छ । साथै त्रिविले शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई भाइरसबाट जोगिन सम्बन्धित निकायबाट प्रसारित उपायहरुका अतिरिक्त अन्य उपायहरु अपनाउन समेत सुझाएको छ ।

त्रिविले सबै क्याम्पसमा साबुनपानीको अनिवार्य व्यवस्था, स्यानिटाइजरको व्यवस्था, विद्युतीय हाजिरी गर्ने ठाउँमा साबुनपानीको व्यवस्था वा स्यानिटाइजरको व्यवस्था गर्ने, गराउने, कार्यालय वा कक्षाकोठाहरु नियमित सरसफाई गर्ने व्यवस्था मिलाउने । सार्वजनिक यातायातमा यात्रागर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

विद्यार्थीहरुको सहयोगमा जनचेतनामूलक कार्यक्रमहरु गर्न, पोष्टर पम्प्लेट लगायतका सामग्री सहित प्रचार प्रसार गर्न गराउने भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपाल कोरोनाको उच्च जोखिममा रहेको छ। कोरोना भाइरसको रोकथाम तथा उपचारको व्यवस्थापनका लागि त्रिवि शिक्षण अस्पतालका सह प्रा. डा. सन्त कुमार दासको अध्यक्षतामा समिति गठन गरी भई कार्य गरिरहेको त्रिविले जनाएको छ ।

शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय संग त्रिभुवन विश्वविद्यालय नियमित सम्पर्कमा रही आएको छ । उच्चस्तरीय समिति, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले चाल्ने कदमहरु पालना गर्न सबै निकायहरुलाई त्रिविले अनुरोध गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books