त्रिभुवन विश्वविद्यालयका उपकुलपति र डीन कार्यालयमा तालाबन्दी

काठमाडौँ, ५ चैत (रासस) :  विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षाबाट वञ्चित भएको विषयमा शीघ्र कारवाहीको माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका छन् । 

अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका सचिव आरसी लामिछानेसहितको टोलीले कीर्तिपुरस्थित उपकुलपति र महाराजगञ्जस्थित डीनको कार्यालयमा तालबन्दी गरेका हुन् । गण्डकी र किष्ट मेडिकल कलेजमा आफूखुशी शुल्क असूल भएको र परीक्षा फाराम भर्न नपाएका विद्यार्थीलाई मनोवैज्ञानिक त्रास दिई मुद्दा फिर्ता लिन दवाव दिएको विषयमा त्रिवि नेतृत्वले टुलुटुल हेरेर बसेको आरोप लगाउँदै चाँडो समस्या समाधान गर्न माग गर्दै आफूहरुले सो तालाबन्दी गरेको सचिव लामिछानेले जानकारी दिनुभयो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal