A Levels MA

शैक्षिक सत्र २०७६/०७७ को लागि TSLC स्वास्थ्यतर्फका कार्यक्रम नविकरण गर्ने बारे सूचना

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्

सानोठिमी, भक्तपुर स्तर निर्धारण महाशाखाको शैक्षिक सत्र २०७६/०७७ को लागि TSLC स्वास्थ्यतर्फका कार्यक्रम नविकरण गर्ने बारेको सूचना ।

प्रथमपटक प्रकाशित : २०७६/०३/२० 

यस परिषद्बाट सम्वन्धन/स्वीकृति लिई सञ्चालनमा रहेका TSLC स्वास्थ्यतर्फका कार्यक्रम सञ्चालन गरिरहेका संस्थाहरूले सम्वन्धन/स्वीकृति पाएको मितिले दुई वर्ष पछि प्रत्येक वर्ष कार्यक्रम नविकरण गर्नु पर्ने व्यवस्था भए वमोजिम शैक्षिक सत्र २०७५/०७६ वा सो भन्दा अगाडि भर्ना भई सञ्चालनमा रहेका कार्यकमहरू मात्र सम्पन्न गर्ने गरी कार्यक्रम नविकरण गराउन तपसिलमा उल्लेख भएबमोजिमको सर्तअनुसार नविकरण शुल्क, TMIS शुल्क र अन्य आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नवरकणका लागि निवेदन दिनुहुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 

नविकरण गर्न आउँदा अनिवार्य रूपमा पेस गर्नु पर्ने कागजातहरू:

(क) कम्पनी रजिष्ट्रार कार्यालय वा संस्था दर्ता भएको कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ को संस्था नविकरण /अध्यावधिक गरेको पत्र । 

(ख) संस्थाको शेयर धनी सञ्चालक समितिको सदस्यहरु सहितको विवरण खुल्ने प्रवन्धपत्र, नियमावलीलगायतका कम्पनी रजिष्ट्रार कार्यालयका कागजातहरू । 

(ग) आ.व. २०७४/०७५ सम्मको करचुक्ता प्रमाणपत्र वा कर दाखिलाको प्रमाण पेस गर्नु पर्ने छ । 

(घ) गत शैक्षिक सत्र २०७५/०७६ मा नविकरण गराएको सक्कल नविकरण कार्ड र सोको प्रतिलिपि । 

(ङ) संस्थाको ठाउँसारी, नामसारी, कार्यक्रम समायोजन तथा स्वामित्व हस्तान्तरण भएकोमा सो पत्रको प्रतिलिपि पेस गर्नु पर्नेछ । 

(च) परिषद्बाट सम्बन्धन प्राप्त गर्दाको सम्बन्धन/स्वीकृतिपत्र/थप कार्यक्रम/नामसारी समेतको स्वीकृति पत्रको प्रतिलिपी समावेश गर्नु पर्नेछ । 

(छ) प्राविधिक TSLC स्वास्थ्य तर्फका कार्यक्रमहरूको निरन्तरता सम्वन्धमा परिषद् ऐन, नियम तथा प्रचलित ऐनको अधिनमा रही अको निर्णय भई नआए सम्म शैक्षिक सत्र २०७६/०७५ को लागि विद्यार्थी भनको प्रक्रिया अगाडि बढाइने छैन । 

(ज) प्रयोगात्मक अभ्यासको लागि प्रयोग गरिएको अस्पतालको सम्झौतापत्र अनिवार्य रूपमा पेस गर्नु पर्नेछ । 

(झ) माथि उल्लेखित प्रमाण, कागजातसहित प्राप्त निवेदनहरू उपर जाँचबुझ गरी परिषद् कार्यालयको राष्ट्रिय वाणिज्य बैंक, सानोठिमी, भक्तपुरको खाता च.हि.न. १७३००००००९०६ मा तोकिएको रकम जम्मा गरी कार्यक्रम नविकरण गर्नुपर्ने छ । प्राविधिक महाशावावाट प्राप्त अनगमन तथा मूल्यांकन प्रतिवेदनबाट सिफारिस भई आएका सस्थाहरूको मात्र नविकरण गरिने छ ।

क्र.सं. कार्यक्रम नबिकरण शुल्क
TMIS शुल्क ( प्रति सस्था) रु. २००० |-
 २ प्रा. एस. एल. सी  रु. १०,०००।- र प्रति थप कार्यक्रम रु. ५,००० ।-


पुणश्व : परिषद् सूचना तथा अनुसन्धान महाशाखाको TMIS ईकाइमा आवश्यक तथ्यांकहरू उपलब्ध

गराए पश्चात् नविकरणको प्रक्रिया सुरू हुने व्यहोरासमेत जानकारी गराइन्छ। थप जानकारीका लागि परिषद् कार्यालयको वेवसाइट www.ctevt.org.np मा हेर्नुहुन वा परिषद् कार्यालयको न. ०१ ६६३०४०८ मा सम्पर्क गर्नुहुनसमेत सूचित गरिन्छ।

Thuprai - Books and E-books