After SEE Portal

त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

Bridge Course

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना मातहतका शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।

आंशिक शिक्षकले राखेका विषयमा वार्ता र छलफलको माध्यमबाट निकास निकाल्न सकिने विषयमा विश्वविद्यालय विश्वस्त रहेको त्रिविद्वारा प्रकशित सूचनामा उल्लेख गरिएको छ ।

त्रिविले लामो समयदेखि रहेको आंशिक शिक्षकको समस्यालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि विश्वविद्यालयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका, विसं २०७७ जारी गरिसकेको छ ।

सो निर्देशिकामा विरोध जनाउँदै शिक्षकहरुले आन्दोलनका विभिन्न कार्याक्रम जारी राखेका छन् । त्रिविले सो निर्देशिका अनुसार नै शिक्षकका माग पुरा हुने र असन्तुष्ट विषयलाई वार्ता र संवादबाट टुंगो लगाउनु पर्ने त्रिविका शिक्षाध्यक्ष शीवलाल भुसालले बताए ।

A Levels MA
Thuprai - Books and E-books