Edusanjal

त्रिविको मौखिक परीक्षा (भाइभा) अनलाइनबाट

त्रिभुवन विश्वविद्यालयले शोधपत्रपछि लिइने मौखिक परीक्षा (भाइभा) अनलाइबाट सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातकत हको भाइभा अनलाइनबाट लिने भएको हो ।

त्रिविको प्राज्ञिक परिषदले सबै अध्ययन संस्थान तथा संकायको डिन कार्यालय, विभागहरूमा पत्राचार गर्दै उल्लेखित तहको भाइभा अनलाइनबाट सञ्चालन गर्न निर्देशन दिएको हो ।

परिषद्ले स्नातकदेखि विद्यावारिधि तहको थेसिस लेखनका लागि प्रपोजल डिफेन्स, सेमिनार लगायत आवश्यक विभागीय प्रक्रिया पूरा भएको अवस्थामा अन्तिम मौखिक परीक्षा अनलाइनबाट सञ्चालन गर्ने निर्णय गरेको शिक्षाध्यक्ष शिवलाल भुषालले जानकारी दिए ।

त्रिविले विद्यावारिधि उपाधिका लागि भने थेसिसको फाइनल डिफेन्स बाहेक थेसिस लेखनका लागि पूरा गर्नुपर्ने पूर्व कार्यहरू प्रपोजल डिफेन्स, प्रि–भाइभाभोस डिफेन्स तथा सेमिनार आदि कार्य अनलाइनबाट संचालन गर्न अनुमति दिने भएको छ ।

शोधार्थीले सम्बन्धित विषयको विभागमा शोध प्रस्ताव पेश गरेसँगै शोध निर्देशक, विभागीय प्रमुख तहतमा रहेर चरणबद्ध लेखन, डिफेन्स भएर अन्तिम भाइभाका निम्ति बुझाएका शोधपत्रलाई यो व्यवस्था गरिएको शिक्षाध्यक्ष भुसालले बताए।

pre school