After SEE Portal

भविष्य खोज्दै बीएससी सीएसआईटी तिर

Bridge Course

आयुष्मा शाक्य क्याथफोर्ड इन्टरनेसनल कलेजमा कम्प्युटर साईन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआईटी) अध्ययन गर्ने सोच बनाएकी छिन् । कुमारीपाटी स्थित युनाईटेड कलेजबाट साईन्समा प्लस टू सकेकी  उनी स्नातकमा तहमा पुगेपछि विषय परिवर्तन गर्ने सोचमा छिन् । सानैदेखि चिकित्सा शिक्षामा आफ्नो भविष्य देख्ने उनको रोजाइ पनि उमेरसंगै परिवर्तन भएको छ । मेडिकलमा उच्च शिक्षा हासिल गर्छु भनेर कक्षा १२ मा उनले बोयोलोजी पढिन् । तर, समयसंगै अवसरको खोजी र गन्तव्य देख्दा उनलाई मेडिकल भन्दा बीएससी सीएसआईटी पढ्न उचित लागेर यता तिर हानिएको उनी सुनाउँछिन् ।

१२ कक्षाको परीक्षा पछिको खाली समयमा कुन विषय पढ्ने, कुनको स्कोप के र कति भनेर खोजी गर्दै हिडेकी उनले धेरैबटा अनलाइनमा कुन विषय पढ्ने भनेर सर्च गर्दा इडियुसञ्जालमा यो विषयको बारेमा विस्तृतमा जानकारी पाएर यो विषय पढ्ने सोच बनाएको  बताइन् । अब उनी उच्च शिक्षा यही विषयबाट गर्ने भएकी छिन् । ‘त्यो समयमा आईटीको निकै चर्चा थियो । त्यसपछि मेरो पनि इन्ट्रेस्टको फिल्ड भएकाले ममीबाबालाई भने, मनाउनै निकै मुस्किल भयो ।’ उनले भनिन्, ‘मैले अरु विषय नपढ्ने जिद्धी गरेपछि घरबाट नजिकै रहेको क्याथ्फोर्ड क्याम्पसमा बुबाआमा बुझ्न आउनु भयो । महिलालाई बढी अवसर रहेको सुने पछि बीएससी सीएसआईटी पढ्ने दिनु भएको छ ।’

स्नातक तहमा कम्प्युटर साइन्स र आईटीबारे अध्ययन गर्ने कोर्स हो बीएससी सीएसआईटी। यसमा कम्प्युटर सिस्टम, एप्लिकेसन, डेभलपमेन्ट र प्रोगामिङबारे सैद्धान्तिक र व्यवहारिक सिप प्रदान गरिन्छ । यसमा विद्यार्थीले अनुसन्धान साथै एप्लिकेसनको अध्ययन गर्ने अवसर पाउँछन् । बीएससी सीएसआईटी डाइभर्स फिल्ड भएकाले यसमा राम्रो करियर रहेको छ । शाक्यले पनि सफ्टवेयर डेभलपमेन्टमा करियर बनाउने सोच बनाएकी छन् । शाक्य आफू मेहनति भएको हुनाले अहिलेबाटै कामको अवसर पाएको बताउँछिन् । उनले यसअघि विभिन्न फिल्डमा काम गर्ने मौका पाइसकेकिछिन् । ओमन लिडरसिप इन टेक्नोलोजीमा १ वर्षे फेलेसिपमा इ–कमर्स वेवसाइट डेभलप गर्ने अवसर पाइन् । जसबाट उनले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको सुनाउछिन् । सिनियर दिदीले एप्लाई गर्न सुझाएपछि उनले यो अवसर पाएकी हुन् । त्यस्तै माइक्रोसफ्ट इनोभेसन सेन्टरमा पनि काम गर्ने अवसर प्राप्त गरेकी थिईन् ।

बीएससी सीएसआईटीमा प्रक्टिकल पनि थेउरीको साथसाथै हुने भएकाले सिकाई व्यवहारिक हुने उनको भनाई छ । उनलाई त बीएससी सीएसआईटीको कोर्ष गुणस्तरीय लाग्छ । उनी भन्छिन् ‘यो कोर्ष इन्जिनियरिङको भन्दा पनि अझै राम्रो छ । ’

जागिरको लागि विभिन्न क्षेत्रमा प्रसस्त अवसर पाईनेमा शाक्य विस्वस्त छिन् । आईटी पढेको विद्यार्थी कहिलै खाली बस्न नपर्नेमा शाक्य ढुक्क छिन् ।

क्याथ्फोर्ड कलजमै चौथो सेमेस्टरमा बीएससी सीएसआईटी अध्ययन गर्ने उत्सव न्यौपाने पनि आईटी पढेर निकै सन्तुष्ट छन् । उनले पनि कक्षा १२ पछि इन्जिनियर पढ्ने सोच बनाएका थिए । त्यसका लागि आईयोईको इन्ट्रान्स पनि दिए । तर उनले बीएससी सीएसआईटीको बारेमा बुझेपछि आफ्नो लक्ष्य नै परिवर्तन गरेर कम्प्युटर इन्जिनियरिङ पढ्ने सोच बनाए । ‘कम्प्युटर इन्जिनियरिङ पढ्ने भनेर कलेज जाँदा एडमिसनको डेट सकिएको रहेछ, कलेजले भर्ना लिएन ।’ उनले भने, ‘कलेजबाटै बीएससी सीएसआईटीको बारेमा बुझ्ने अवसर पाएँ र निर्णय लिए ।’

बाहिर मान्छेले सोच्ने आईटी र वास्तविक आईटीमा केहि भिन्नता भएको उनको बुझाइ छ । ‘ मानिसहरुले आईटी पढेपछि ह्याकर बन्छ देखि लिएर विविध कुरा सोच्छन् । तर, त्यो आफ्नो  एर्फटको कुरा हो । आफै व्यक्तिगत तर्फबाट सिक्ने इच्क्षा भएर प्रयास गर्नुपर्छ ।’ न्यौपानेले भने, ‘आईटी नलेजवेश हुन्छ तर कला   (स्किल) को विकास आफूले गर्नुपर्छ ।’

न्यौपाने भविष्यमा मेसिन लर्निङ् तथा आर्टिफिसियल इन्टेलिजेन्टमा जान चाहन्छन् । यो उनको सपना हो । ‘ म्याथ र प्रोग्रामिङमा इच्छुक भएका विद्यार्थीले बीएससी सीएसआईटी पढ्न सक्छन्’ उनले सुझाए ।

भर्नाका आधार

कक्षा १२ मा विज्ञान विषय पढेको, दोस्रो श्रेणी वा प्रत्येक विषयमा सी ग्रेड ल्याएको ,सीटीईभीटीबाट डिप्लोमा इन्जिनियरिङ गरेका , फिजिक्स, केमेस्ट्री र म्याथबाट ए लेभल गरेका, इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीले लिने इन्ट्रान्स परीक्षा उत्तीर्ण भएका विद्यार्थी बीएससी सीएसआईटीमा भर्ना हुने सक्ने व्यवस्था छ ।

चार वर्समा आठ सेमेस्टरपछि विद्यार्थीले यो कोर्स पुरा गर्ने त्रिभुवन विश्वविद्यालय ले जानकारी दियो । त्रिविले २०६४ सालमा परिकल्पना गरेको कोर्स हो । यो त्रिवि र मध्यपश्चिम विश्वविद्यालयलगायत अन्य केही विश्वविद्यालयले सञ्चालनमा ल्याएका छन् । त्रिविले आफ्ना सम्बन्धन प्राप्त र आंगिक क्याम्पस सहित केही निजी क्याम्पसलाई समेत सम्बन्धन दिएको छ । अहिले करिब ५३ वटा निजी तथा सरकारी क्याम्पसमा यो कार्यक्रम सञ्चालनमा ल्याइएको छ । जस मध्ये ९ सरकारी र ४४ निजी क्याम्पसले यो कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।

कहाँ कहाँ पढाइ हुन्छ ?

त्रिभुवन विश्वविद्यालयअन्तर्गत

  1. अमृत साइन्स क्याम्पस,
  2. पद्यकन्या क्याम्पस,
  3. भक्तपुर बहुमुखी क्याम्पस,
  4. महेन्द्र बहुमुखी क्याम्पस ,
  5. मोरङ आदर्श बहुमुखी क्याम्पस,
  6. महेन्द्र बागेश्वरी कलेज,
  7. पृथ्वीनारायण क्याम्पस,
  8. बुटवल बहुमुखी क्याम्पस,
  9. रामश्वरूप क्याम्पस,
  10. श्रीयन्त्र कलेज,
  11. क्याथफोर्ड इन्टरनेसनल क्याम्पस,
  12. सेन्ट जेभियर,
  13. समृद्धि कलेज,
  14. एसियन कलेज अफ हायर स्टडिज,
  15. कलेज अफ एप्लाइड बिजनेस,
  16. एकेडेमिया इन्टरनेसनल कलेज,
  17. हिमालय कलेज अफ इन्जिनियरिङ,
  18. न्यु समिट कलेज,
  19. पाटन मल्टिपल क्याम्पस,
  20. माउन्ट अन्नपूर्ण क्याम्पस,
  21. नेपालय कलेज,
  22. सोच कलेज अफ आईटी,
  23. स्वस्तिक कलेज,
  24. वीरेन्द्र मल्टिपल कलेज,
  25. मदन भण्डारी कलेज,
  26. कलेज अफ टेक्नोलोजी,
  27. युनिर्भसल कलेज,
  28. टेक्सास इन्टरनेसनल कलेज,
  29. डिरवाल्क इन्स्टिच्युट अफ टेक्नोलोजी,
  30. बनहर्ट कलेज,
  31. सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी,
  32. अर्किड इन्टरनेसनल कलेज,
  33. एसियन स्कुल अफ म्यानेजमेन्ट
  34. नेसनल कलेज अफ कम्प्युटर साइन्स (एनसीसीएस),
  35. सेन्ट लयरेन्स कलेज,
  36. एबर्डिन इन्टरनेसनल कलेज,
  37. नागर्जुना कलेज अफ इन्फर्मेसन टेक्नोलोजी,
  38. प्राइम कलेज,
  39. ट्रिनिटी इन्टरनेसनल कलेज,
  40. नेसनल इन्फोटेक कलेज,
  41. विराट कलेज,
  42. हेटौंडा सिटी कलेज,
  43. हिमालय दर्शन कलेज,
  44. इन्द्रेनी कलेज,
  45. जया मल्टिपल क्याम्पस,
  46. लुम्बिनी आईसीटी कलेज,
  47. सिद्धार्थ साइन्स क्याम्पस,
  48. सुस्मा गोदावरी कलेज,
  49. तिनाउ टेक्निकल कलेज,
  50. नेपथ्या कलेज, रुपन्देही
  51. अम्बिकेश्वरी कलेज,
  52. नेपालगन्ज कलेज,
  53. नेहारिका कलेज,
  54. निस्ट कलेज,
  55. ख्वप कलेज
  56.  एसीएचएस कलेज अफ आइटी एण्ड कम्प्युटर साइन्स 
  57. द्रीवल्क इन्स्टीच्युट अफ टेक्नोलोजी 
  58. एम्बिसन कलेज र  मध्यपश्चिम विश्वविद्यालयले सुर्खेतमा र सुदूरपश्चिम विश्वविद्यालयले कञ्चनपुरमा यो कोर्स सञ्चालन गरिरहेको छ । 

शुल्क

बीएससी सीएसआईटीका लागि शुल्क भने कलेज आफ्नो अनुकूल लिने गरेका छन् ।  यो  कोर्ष पुरा गर्न  कलेज अनुसार विद्यार्थीले ४ लाख रुपियाँ देखि माथि शुल्क तर्नुपर्छ । केही कलेजले यो कोर्षका लागि १२ लाख रुपियाँ सम्म लिने गरेका छन् ।

अवसर कस्तो छ ?

बीएससी सीएसआईटी चारवर्षे व्याचलर कार्यक्रम हो । यसमा ८ सेमेस्टर रहेका छन् । कम्प्युटर साईन्स र इन्फरमेसन टेक्नोलोजी दुईवटा विषयको मिश्रणनै बीएससी सीएसआईटी भएको सम्बृद्धि कलेजका   बीएससी सीएसआईटी डिपाट्मेन्टल  प्रमुख अर्जुन श्रेष्ठ बताउँछन् ।

एउटा पङ्खा अन गर्नु छ भने हामी रिमोर्टको प्रयोग गर्छौ । त्यस्तै टीभी वासिङ मेसिन देखि लिएर विविधकुराहरू हामी रिमोटबाटै कन्ट्रोल गर्दछौ । यो सबै इन्फरमेसन टेक्नोलोजीको देन हो । यो दिन प्रतिदिन एड्भान्स हुँदै गइरहेको छ । यसको स्कोपमा वृद्धि हुँदै गईरहेको विभागीय प्रमुख श्रेष्ठले बताए ।

बीएससी सीएसआईटी अवसर नै अवसर भएको विषय हो । अहिले वार्षिक रुपमा १२ सय देखी १५ सयको हाराहारीमा बीएससी सीएसआईटीमा उच्च शिक्षा हासिल गर्छन् ।  यो विषय पढेका विद्यार्थी पढाइ सक्दा नसक्दै विभिन्न मल्टी नेसनल तथा नेसनल कम्पनीमा रोजगारी पाउने तथा स्वरोजगार उत्पादन हुने गरेका  पद्मकन्या क्याम्पस, बागबजारका प्रमुख धनप्रसाद पण्डित बताउँछन् ।पढाईको हिसाबले कोर कम्प्युटर साइन्सको ज्ञानका साथै आईटीको पनि ज्ञान हुने हुँदा आफूलाई मन लागेको हरेक क्षेत्रमा यो विषयले अवसर सिर्जना गर्छ । यो विषय पढेका विद्यार्थीको रोजगारको प्रमुख क्षेत्र बैंकिङ नै हो । तर, आईटी क्षेत्रमा धेरै उच्च आम्दानी गर्न सकिने लक्ष्यका  साथ यो विषय विभिन्न विश्वविद्यालयले सञ्चालनगर्दै आएका छन् । विद्यार्थी आफैंले  कम्पनी खडा गरी त्यसलाई सञ्चालन गर्ने, एप बनाएर विदेशमा बेच्ने, सरकारी कार्यालयमा काम गर्ने, आउटसोर्सिङका काम गर्ने लगायतका धेरै अवसर हुने पण्डितको विश्वास छ ।

करियरको हिसाबले विद्यार्थीले सिस्टम एनालिस्ट, सिस्टम एडमिनिस्ट्रेटर, सिस्टम म्यानेजर, प्रोजेक्ट म्यानेजर, सफ्टवेयर प्रोग्रामर, वेब डेभलपर, वेब डिजाइनर, आईटी अफिसर, इन्फरमेसन सेक्युरिटी एनालिस्ट, डेटाबेस डिजाइनर, डेटाबेस एडमिनिस्ट्रेटर, नेटवर्क एडमिनिस्ट्रेटर, ग्राफिक्स डिजाइनर, इन्फरमेशन सिस्टम अडिटर, सफ्टवेयर क्वालिटी अस्योरेन्स इन्जिनियर, टेक्निकल कन्टेन्ट राइटर, क्रिप्टोग्राफर, एप्लिकेसन डेभलपर, टेलिकम्युनिकेसन इन्जिनियरलगायतको भूमिकामा काम गर्न सक्ने सुवेदी  बताउँछन् । त्यसभन्दा पनि आफूसँग नयाँ सोच भएको खण्डमा विद्यार्थी आफै आन्ट्रप्रेनरको रुपमा काम गर्न सक्दछन् । जुन अहिलको समयमा सबैभन्दा ठुलो अवसर पनि हो ।

A Levels MA
Thuprai - Books and E-books