गण्डकी प्रदेश सरकारले ६ वटा क्याम्पसमा प्राविधिक शिक्षा सुरु गर्ने

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय र सामुदायिक क्याम्पसको साझेदारीमा कम्तीमा ६ वटा क्याम्पसमा प्राविधिक शिक्षाको पठनपाठन प्रारम्भ गर्ने नीति लिएको छ।

सीपयुक्त शिक्षास् प्रदेशवासीको इच्छा अवधारणा अनुसार बजारको माग अनुरूपको सीपयुक्त मानव संशाधन विकास गर्न नवीनतम प्रविधिका विषयमा पाठ्यक्रम निर्माण, तालिम सामग्री विकास, तालिमको स्तर निर्धारण र सीप प्रमाणीकरण गर्ने जस्ता विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको क्षमता विकास गरिनेछ। अटोमोबाइल इन्जिनियरिङ, कृषिरपशु विज्ञान र इको टूरिजम एण्ड हस्पिटालिटी मेनेजमेन्ट, माउन्टेनियरिङ लगायतका विषयमा अध्ययन अध्यापन कार्यलाई अगाडि बढाइने नीत तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ। नेपाल सरकारको सहयोग एवम् सहकार्यमा चिकित्सा विज्ञान र सूचना प्रविधिसम्बन्धी विषयको अध्ययन(अध्यापन कार्यलाई अगाडि बढाइने उल्लेख गरिएको छ।

सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम अन्तर्गत प्रदेशमा रहेका सबै सामुदायिक क्याम्पसलाई क्षमता तथा कार्य सम्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न दीर्घकालीन रणनीतिक योजना, कानून तथा मापदण्ड निर्माण गरी प्रदेश शिक्षा नीति कार्यान्वयनको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रदेशमा ५०० शय्याको शिक्षण अस्पताल स्थापनाको लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गरिनेछ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा नेपाल विश्वविद्यालय स्थापना गर्न सहजीकरण गरिनेछ।

छोटो अवधिको तालिम

एसईई दिएर नतिजा नआउँदासम्मको विद्यार्थीको समयलाई सदुपयोग गर्न विद्यार्थीलाई छोटो अवधिको सीपमूलक तालिम प्रदान गरिने, प्राविधिक एसईई अध्ययन गर्ने दलित समुदायका छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम क्रमशः सुरु गरिने नीति लिएको छ।

प्रदेशमा अनुसन्धानको अनुकूल वातावरण तयार पारी स्वदेश तथा विदेशमा अनुसन्धान कार्यमा संलग्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई प्रदेशमा आकर्षित गर्ने भएको छ। प्रदेशमा स्थापना भएका अनुसन्धान केन्द्रहरूको क्षमता अभिवृद्धि गर्ने कार्य सुरु गर्ने, नवप्रवर्तनका विषयमा वैज्ञानिक अनुसन्धान कार्य गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिनेछ। प्रदेशको कृषि तथा औद्योगिक उत्पादन र उत्पादकत्व वृद्धिका लागि अनुसन्धान कार्य सञ्चालन गरिनेछ। युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश प्रमुखसँग युवा वैज्ञानिक कार्यक्रम सुरु गरिने, प्रत्येक वर्ष नयाँ युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाइने, विज्ञान तथा प्रविधिको ज्ञान र सीप आदानप्रदान गर्दै नवप्रवर्तन र वैज्ञानिकको क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको वैज्ञानिक सम्मेलन आयोजना गर्ने भएको छ।

गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको कार्यालय तथा प्रयोगशालाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने, सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइ र शैक्षिक व्यवस्थापन प्रणालीको अभिन्न अङ्गका रूपमा विकास गरी सुदृढीकरण गरिने, लक्षित समूहका बालबालिकाको शिक्षामा समतामूलक पहुँच र सिकाइ सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

स्थानीय तहसँगको सहकार्यमा दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चालित नमूना आवासीय विद्यालय व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने, गुरूकुल, गुम्बा, मदरसा, आश्रम तथा विभिन्न धार्मिक आस्थासँग जोडिएका विद्यालय र वैकल्पिक विद्यालयको पूर्वाधार विकासमा सहजीकरण गर्दै यस्ता संस्थाबाट दिइने शिक्षालाई औपचारिक शिक्षा प्रणालीमा मूलप्रवाहीकरण गर्ने नीति लिने भएको छ।

विद्यालय तहमा स्थानीय विषय, मातृभाषाका पाठ्यक्रम निर्माण, प्रादेशिक शैक्षिक तथ्याङ्क व्यवस्थापन, विद्यालय नक्साङ्कन, आवधिक शैक्षिक योजना निर्माण एवम् कार्यान्वयनका लागि स्थानीय तह एवम् नेपाल सरकारसँग समन्वय र सहजीकरण गर्ने नीति लिएको छ।

स्थानीय तहसँगको समन्वयमा सामुदायिक विद्यालयको भौतिक संरचना निर्माण एवम् मर्मतसम्भारका लागि आवश्यक व्यवस्था गरिने, माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी प्रदेश तहबाट हुने व्यवस्था बमोजिम उक्त परीक्षा सञ्चालन, व्यवस्थापन एवम् संस्थागत क्षमता विकासका लागि आवश्यक व्यवस्था गर्ने नीतिम ाउल्लेख गरिेको छ।

प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, प्राविधिक शिक्षालयबाट सञ्चालित प्राविधिक कक्षाहरूलाई रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्न प्रोत्साहित गर्ने, प्राविधिक शिक्षालयमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने भएको छ।

विद्यार्थीहरूमा वैज्ञानिक एवम् समालोचनात्मक चिन्तनको विकास गर्न शिक्षामा विज्ञान, प्रविधि, इञ्जिनियरिङ, गणित जस्ता विषयलाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइ प्रयोगशाला विस्तार र विकास गर्ने, शिक्षा तालिम केन्द्रलाई प्रदेशको शैक्षिक जनशक्ति विकासको केन्द्र तथा अनुसन्धान केन्द्र बनाउन आवश्यक भौतिक पूर्वाधार विकास गर्ने नीति लिएको छ ।

कोभिड छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने

कोभिड १९ महामारीको संक्रमणबाट बाबु वा आमा वा दुवै गुमाएका बालबालिकाको शिक्षामा पहुँचको सुनिशितता गर्न कोभिड छात्रवृत्ति कार्यक्रम र विद्यालयमा भर्ना हुने उमेर नपुगेका बालबालिकाका लागि राहत अनुदानको व्यवस्थालाई निरन्तरता दिने भएको छ।

स्नातक तहमा प्राविधिक विषय अध्ययन गर्नेलाई छात्रवृत्ति

प्रादेशिक मापदण्ड निर्माण गरी कक्षा ११ र १२ तथा स्नातक तहमा विज्ञान र गणित मूल विषय लिई अध्ययन गर्ने र स्नातक तहमा प्राविधिक विषय अध्ययन गर्ने गरिब, लोपोन्मुख, दलित, शहीद तथा बेपत्ता परिवारका बालबालिकाका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ।

Thuprai - Books and E-books