After SEE Portal

उच्च शिक्षाको गुणस्तर सुधारका लागि मंसिर २४ गतेभित्र प्रस्ताव पेस गर्नुपर्ने

Bridge Course

विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, अनुसन्धान सहायता, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्ति लगायतका विभिन्न कार्यक्रमहरूका लागि प्रस्ताव आह्वान गरेका छ ।

उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको हो ।

इच्छुक उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूले मंसिर २४ गतेभित्र प्रस्ताव पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

उच्च शैक्षिक संस्थाहरूको प्रशासनिक तथा भौतिक सुविधा विकास, अनुसन्धान पूर्वाधार तथा संस्कृतिको विकास र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्यक्रमका साथै उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, अनुसन्धान सहायता, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्ति लगायतका विभिन्न कार्यक्रमहरूद्वारा उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रस्ताव माग गरेको छ ।

कार्यक्रमका लागि आयोगको कार्यक्रम कार्यविधि, २०८० मा तोके बमोजिमको ढाँचामा रही छुट्टाछुट्टै आवेदन र प्रस्ताव उल्लिखित समयसीमाभित्र पेश गर्न सूचित गरेको छ । साथै झुटो विवरण पेश गरेमा आवेदन रद्द गरी भविष्यमा आयोगबाट प्रदान गरिने अनुदानबाट वञ्चित गरिने जनाएको छ ।

A Levels MA