श्रीलंका टेक्नोलोजिकल क्याम्पसमा आठ जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति

श्रीलंका टेक्नोलोजिकल क्याम्पसमा आठ जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। सो क्याम्पस ले आठ जना नेपाली विद्यार्थीहरुका लागि यहि जुलाई २०२१ सेसनका निम्ति सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

क्याम्पसले स्नातक स्तरको आईटि र कम्प्युटिङ्ग डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि क्लाउड कम्प्युटिङ्ग, साईबर सेक्युरिटि, डाटा साईन्स, सफ्टवेयर इन्जिनियरिङ्ग जस्ता विषयमा ३ जनालाई पूर्ण र ५ जनालाई आंशिक छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति पाउनेले ३० देखि ६० प्रतिशत सम्मको छात्रवृत्ति पाउने छन् । सो अवसर प्राप्त गर्न चाहने विद्यार्थीहरुले आफ्नो आवेदन ३० जुन २०२१ सम्म दिनु पर्ने सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रीलंकाको काठमाण्डौ स्थित दुताबासले जारी गरेको नेपाली विद्यार्थीहरुका लागि छात्रवृत्तिको अवसरको विषयमा नेपाल शैक्षिक परामर्श संघ ९इक्यान०को सकारात्मक ध्यान आकृष्ट भएको संघका महासचिव दिपकराज भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इक्यान विगत २४ वर्ष देखि विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विदार्थी तथा अभिभावकलाई शैक्षिक परामर्श केन्द्र मार्फत परामर्श, सहजीकरण र हर सम्भव सहयोग गर्दै आईरहेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले परामर्श, सहजीकरण, समन्वय, र सहयोग गर्दै गर्दा विगत देखि नै नेपाल लगायत विदेश स्थित कलेज, विश्वविद्यालय लगायत अन्य दुतावास मार्फत मिहिनेती, जेहन्दार र दुर दराजका अति विपन्न विद्यार्थीहरुलाई उत्कृष्ट कलेज, विश्वविद्यालयहरुमा छात्रवृत्तिको पहल गरी भर्ना गर्दै आएको सो विज्ञीपतमा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books