After SEE Portal

क्वारेन्टाइनका लागि पुष्पलाल कलेज सरकारलाई दिइने

Bridge Course

आवश्यक परे पुष्पलाल मेमोरियल कलेजले आफ्नो भवन सरकारलाई क्वारेन्टाइनका लागि उपलब्ध गराउने भएको छ । कोरोनाभाइरसको  (कोभिड–१९) संक्रमण तीव्र गतिमा विश्वमा फैलिरहेको अवस्थामा सामाजिक दुरी कायम गर्न आवश्यक ठानिएका मानिलाई कलेजको खाली रहेको भवनमा सरकारले राख्न सक्ने भएको छ ।

कोरोनाभाइरसको विश्वव्यापी संक्रमणको आशंका लागेर क्वारेन्टाइनमा राख्नु पर्ने मानिसलाई सरकारले कलेजमा राख्न सक्ने कलेजले जानकारी दियो । कोरोनाभाइरसको विश्वव्यापी प्रकोपबाट बच्दै समुदायमा यसको संक्रमण न्यूनीकरण गर्नका लागि सरकारले कलेजलाई उपयोग गर्न सक्ने क्याम्पस प्रमुख शम्भु अधिकारीले बताए ।

‘कलेजका प्रशासकीय भवन बाँहेक ४० वटा कक्षा काठा छन्’ उनले भने, ‘सामुदायिक स्वास्थ्यको सुरक्षा सरकार, निजी क्षेत्र र सरोकारवालका साझा उत्तरदायित्व हो त्यसैले सरकारले आवश्यकता महसुस गरे कलेजमा क्यवारेन्टाइन बनाउन सकिन्छ ।’

पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणवाट १९९ राष्ट्र प्रभावित भएका छन् । विश्वभर २४ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ५ लाख ३१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । त्यसैगरी लाख २३ हजार उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको संक्रमणको केन्द्रविन्दु अहिले युरोप र अमेरिका बनेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणदर उच्च देखिएको छ । त्यहाँ एकै दिन १७ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । इटलीमा कोरोना संक्रमितको संख्या ८० हजार ५ सय नाघेको छ भने ८ हजार २१५ जनाको मृत्यु भइसकेको छ ।

A Levels MA
Thuprai - Books and E-books