After SEE Portal

प्याब्सनको अध्यक्षमा टीकाराम पुरी सर्वसम्मत चयन

Bridge Course

काठमाडौँ, २९ फागुन (रासस):  निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट टीकाराम पुरी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्य भोजबहादुर शाहले जानकारी दिनुभयो ।

नयाँ नेतृत्वका लागि पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । बन्दसत्रमा प्याब्सनका पूर्वअध्यक्ष शाहले प्याब्सनमा सबैलाई समेट्नका लागि सहमति गरिएको बताउनुभयो । विधान संशोधन गरी सहअध्यक्ष पद नयाँ सिर्जना गरी प्याब्सनमा सहमति गरिएको थियो । सहमति हुनुभन्दा अगाडि विधान संशोधन गरिएको थियो । अध्यक्षका अर्का प्रत्यासी ढुङ्गानालाई सहअध्यक्ष बनाइएको छ । 

प्याब्सनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, टिआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टङ्क भट्टराई, गोपालप्रसाद आचार्य र भरतबाबु कँडेल निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा कुमार घिमिरे, उपमहासचिवमा आरबी कटुवाल र किशोर गौतम, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा मधु लोहनी, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, सङ्गीता सिलवाल, मदनकुमार आचार्य, राजेशकुमार दास र शिव कार्की, सहकोषाध्यक्षमा मिनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का र गणेशबाबु पोखरेले रहनुभएको छ ।

प्याब्सनको सल्लाहकारमा आशिष श्रेष्ठ र प्राज्ञिक सल्लाहकारमा राजकुमार महर्जन चयन हुनुभएको छ । यस्तै प्रदेश उपाध्यक्षमा प्रदेश नं १ मा नारायणप्रसाद घिमिरे, प्रदेश नं २ मा गोपाल कार्की, प्रदेश नं ५ मा विष्णु पन्थी, कर्णाली प्रदेशमा बलदेव कँडेल, सुदूरपश्चिम प्रदेशमा जगवीर थापा निर्वाचित हुनुभएको छ । पूर्वअध्यक्ष शाहले प्रदेश नं ३ र ४ तथा केन्द्रीय सदस्यको कार्यदलबाट सर्वसम्मत गर्ने जानकारी गराउनुभयो । कार्यदलका अर्का सदस्य राजेश खड्काले प्याब्सनलाई सहमति सहकार्यका रुपमा लैजान सर्वसम्मत गरिएको जानकारी गराउनुभयो ।

कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको थियो । प्याब्सनमा २५ पदाधिकारी र ४४ केन्द्रीय सदस्य रहने व्यवस्था छ । ती पदका लागि कूल १०३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

A Levels MA
Thuprai - Books and E-books