मध्यपश्चिम विश्वविद्यालयमा पढाउन चाहनेले साउन १ गते भित्र आवेदन दिनुपर्ने

मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायका क्याम्पसहरूका लागि शैक्षिक तथा प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ ।

असार २६ गतेभित्र इच्छुक नेपाली नागरिकहरूबाट असार २६ दिनको ३ बजेभित्र नियमित शुल्कमा र दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म आवेदन दिन विश्वविद्यालय कर्मचारी छनोट समितिले आज सूचना जारी गरेको छ ।आवेदन सम्बन्धित सङ्कायको डिन कार्यालयमा प्राप्त हुने गरी दरखास्त आह्वान गरेको हो ।

 उपप्राध्यापक (करार) का लागि विभिन्न विषयमा १६ जना, आंशिक शिक्षक एक जना, प्रशासन अधिकृत एक जना र मुख्य सहायक एक जनाका लागि आवेदन माग गरेको सूचनामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books