SEE Result 2082

यस्तो छ माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८

माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको छ । बोर्डले हिजो पारित गरेको कार्यविधि आज सार्वजनिक गरेको हो ।

विषयगत शिक्षकहरुले मूल्याङ्कन गरी प्रधानाध्यापकसमक्ष पेश गर्नुपर्ने, प्रअले स्वीकृत गरेर मूल्याङ्कन समितिमा पेश गर्नुपर्ने र समितिले प्रमाणित गरेपछि एकाइमा पठाउनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ । मूल्याङ्कन समितिमा प्रधानाध्यापक, गणित शिक्षक, विज्ञान शिक्षक, अङ्ग्रेजी शिक्षक र वरिष्ठ शिक्षक रहने व्यवस्था गरेको छ ।

प्रयोगात्मक विषय भएमा कक्षा कार्य, हाजिरी, परियोजना कार्य आदिका लागि २० अङ्क, सैद्धान्तिक विषयका लागि ५५ अङ्क र बाँकी २५ अङ्क प्रयोगात्मकका लागि प्रदान गर्ने व्यवस्था गरेको छ । त्यस्तै प्रयोगात्मक नभएका विषयमा हाजिरी, परियोजना कार्य लगायतका लागि २५ अङ्क र आन्तरिक परीक्षाको ७५ अङ्क प्रदान गर्न सकिने व्यवस्था गरेको छ । कुनै विद्यार्थीलाई ८० प्रतिशतभन्दा बढी अङ्क प्रदान गर्नुपर्ने भएमा कैफियत महलमा सो अङ्क प्रदान गर्नुपर्ने आधार वा कारणका बारेमा स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८

+2 School
Counseling
Bachelors Portal