A Levels MA

तेस्रो मेनेजमेन्ट फेयर काठमाण्डौं भृकुटी मण्डपमा शुरु


ब्यवस्थापन शिक्षाको क्षेत्रमा नेपालमै अवसर, संभाब्यता र आधारहरु छन् भन्ने उदेश्यका साथ सञ्चालिन तेस्रो मेनेजमेन्ट फेयरको पहिलो दिन सात हजारभन्दा बढी विद्यार्थीहरुले अवलोकन गरेका छन् । युनिभर्सल टिच कन्सल्ट प्रा. लिको आयोजनामा यही साउन ११ र १२ गते भृकुटिमण्डप काठमाण्डौंमा सञ्चालन भइरहेको फेयरको उद्घाटन सत्रमा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्लसिनाले पछिल्लो समय नेपालका शैक्षिक संस्थाहरुले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको वताउनु भयो । केही दशक अगाडि उच्च बर्गले आफ्ना सन्ततीहरुलाई स्कुले शिक्षाका लागि समेत बिदेश लैजाने गरेको अवस्था स्मरण गर्दै तिमल्लसिनाले ‘उच्च शिक्षाको क्षेत्रमा नेपाली कलेजहरुले आफुलाई अझ सशक्त र विद्यार्थी मैत्री बनाउनु पर्ने वताउनु भयो ।’

कार्यक्रमका अर्का बक्ता बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले ब्यवस्थापन शिक्षाको क्षेत्रमा नेपालले हाँसिल गरिरहेको उपलब्धी महत्वपूर्ण रहेको वताउनु भयो । आचार्यले विदेशमा भन्दा आफ्नै देशमा पढ्दा आफ्नो देशको संभावना र आवश्यकताको जानकारी हुनेहुँदा स्वदेशी विश्वविद्यालय र कलेजहरुबाट उत्पादीत विद्यार्थीहरु देश निर्माणको भूमिकामा सक्षम रहने विश्वास ब्यक्त गर्नु भयो ।


तेस्रो मेनेजमेन्ट फेयरमा नेपालका ४५ वटा मेनेजमेन्ट कलेजहरुको सहभागिता रहेको छ । त्रिभुवन विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र विदेशी विश्वविद्यालयबाट सम्वन्धन लिएका उक्त कलेजहरुले विद्यार्थीहरुलाई आफ्नो कलेजको वारेमा परामर्ष र जानकारी प्रदान गर्ने छन्् ।

उच्च शिक्षाका लागि हजारौ विद्यार्थी बाहिररहेको अवस्थामा नेपाल मै ब्यवस्थापन शिक्षाको अन्तर्राष्ट्रिय स्तरका र गुणस्तरिय कलेजहरु छन् भन्ने विषय समाजमा स्थापित गर्नका लागि आफूहरुले फेयर आयोजना गरेको  युनिभर्सल टिच कन्सल्ट प्रा.लि.का प्रवन्ध निर्देशक लक्ष्मण लामिछाने बताउँछन् । लामिछानेका अनुसार अघिल्ला २ वटा फेयरहरुले नेपाली ब्यवस्थापन शिक्षाको गुणबत्ता र सामथ्र्य बुझाउन निक्कै सहज भएको थियो । 


फेयरमा, नेपालमै ब्यवस्थापन शिक्षा अध्ययन गरेर सफल बैंकर, बिजनेस लिडर तथा अन्य युथ लिडर बन्न सफल ब्यक्तित्वहरुले विद्यार्थीहरुलाई अध्ययन, अध्यापन लगायतका विषयमा परामर्ष प्रदान गर्नेछन् । 
नेपालमै गुणस्तरिय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनको मुख्य उद्येश्यसहित व्यवस्थापकिय, आर्थिक एवं लेखा क्षेत्रमा विभिन्न परामर्श, कार्यशाला तथा तालीम गराउने उद्येश्यले स्थापीत युनिभर्सल टिच कन्सल्ट प्रा. लि.ले नेपालको शैक्षिक सामथ्र्य विकासमा विविध कार्यहरु गर्दै आएको छ । 

Thuprai - Books and E-books