एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण

कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा थर्मोगन वितरण गरिएको हो ।

सो अवसरमा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलले विद्यालय खोल्ने तयारी गर्न लागेको बेला उक्त मेसिन उपयोगी हुने बताउनुभयो । सबैले मास्क लगाई सामाजिक दूरी कायम गर्दै आयोजित सो कार्यक्रममा काठमाडौँ महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाल, रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सञ्जय चौधरीलगायत सहभागी हुनुहुन्थ्यो

Degrees offered in nepal
Counseling
Bachelors Portal