After SEE Portal

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब माथि

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ ।  आर्थिक वर्ष  २०६८–६९ मा रु ८३ लाख ९८ हजार  रहेको थियो ।  सो अवस्थाको बेरुजु आव २०७८–७९ सम्म आइ पुग्दा रु एक अर्ब १२ करोड ५७ लाख पुगेको विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले बताए । ‘ आव २०६८–६९ मा रु ८३ लाख ९८ हजार थियो ।’ उनले भने, ‘यसमा असुलउपर र सैद्धान्तिक एवं प्रक्रियागत बेरुजु परेको छ ।’

रजिष्ट्रार पौडेलका अनुसार बेरुजु फस्यौस्टका लागि वीरबहादुर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।  सो समितिले असुलउपर गर्ने बेरुजुमा रु ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको छ । रु १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब रु एक अर्ब बेरुजु विश्वविद्यालयले फस्र्यौट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०७५–७६ मा उपकुलपति प्राडा उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार डा महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी रु ४० करोड ५९ लाख ६० हजार (३६–४०) प्रतिशत बेरुजु आएको विश्वविद्यालयले जानकारी दियो ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेको जस्तो गरेर सामाजिक सञ्जाल तथा समाचार माध्यममा आएको गुनासो गरे ।

A Levels MA