After SEE Portal

दलको फुटवल मैदान विश्वविद्यालय, दवावमा धमाधम सम्बन्धन

Bridge Course

 बिएन्डसीले निर्माण गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि आज झापा पुगेका  प्रधानमन्त्री केपी शर्मा ओलीले  मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढेको बताए । झापाको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन  काठमाडौं विश्वविद्यालयले दिन लागेको  उनले  सो कार्यक्रममा  बताए ।

शिक्षा मन्त्रीको दवावमा आजभोलि विश्वविद्यालयलाई निजी क्याम्पसलाई सम्बन्ध दिनै चटारो परेको छ । काठमाडौं विश्वविद्यालय (केयू) ,त्रिवि, पोखरा, पूर्वाञ्चल,त्रिभुवन विश्वविद्यालयका पदाधिकरीलाई निवेदन दिएका आफ्नो आसेपासेका विश्वविद्यालयलाई सम्बन्धन दिन तत्काल प्रक्रिया बढाउन निर्देशन दिइसकेका छन् ।

गत बुधबार मात्र काठमाडौं विश्वविद्यालय (केयू) को सिनेट बैठकमा ठाडै हस्तक्षेपगरी झापाको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गराएका विश्वविद्यालयका सहकुलपति तथा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ पुन अन्य विश्वविद्यालयको मातहतका क्याम्पसलाई सम्बन्धन दिन अतालिएका छन् ।

केयुको सिनेटबाट सो अस्पताललाई सम्बन्धन दिलाउन प्रधानमन्त्ती केपी शर्मा ओली र शिक्षा मन्त्री नै लागि परेका छन् । पटकपटक ठाडो निर्देशन दिएर बाध्यात्मक अवस्था सिर्जना गरी केयुले सम्बन्ध दिने निर्णय गराएको भन्दै विश्वविद्यालय सभा सदस्यले विरोध जनाएका छन् । केयूको सिनेट बैठकमा स्कुल अफ मेडिकलका डिन डा राजेन्द्र कोजुले भने सम्बन्धन सम्बन्धी विषय आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै सम्बन्धन दिन नहुने बताएका थिए।बैठकको निर्णय पत्रमा डा कोजुको फरक मत रहँदा रहँदै केयुका सहकुलपति समेत रहेका शिक्षामन्त्रीको निर्देशन अनुसार सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय भएको उल्लेख छ।

बिएन्डसीले निर्माण गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि आज झापा पुगेका  प्रधानमन्त्री केपी शर्मा ओलीले  मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढेको बताए । झापाको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन  काठमाडौं विश्वविद्यालयले दिन लागेको  उनले  सो कार्यक्रममा  बताए ।

मेडिकले कलेजको सम्न्धन राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सिफारिसमा विश्वविद्यालयले दिनुपर्ने भए पनि आयोगको सिफारिस बिनानै सम्बन्धन दिने निर्णय भइसकेको छ । चिकित्सा शिक्षा ऐनले केयु र त्रिभुवन विश्वविद्यालयले थप नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था गरेको छ ।  आयोगले मेडिकल कलेजको मापदण्ड तथा अन्य पूर्वाधार पुरा गरेको निश्चित भएपछि मात्र विश्वविद्यालयलाई सम्बन्धनको सिफारिस गर्छ।

‘मन्त्रीलाई कुन कलेज कुन विश्वविद्यालयको सम्बन्धनमा चलेको थाहै नपाइ सम्बन्ध चाहियो भनेर त्रिविबाट सम्बन्धको माग गर्दै त्रिविकै कक्षा सञ्चालन गर्दै आएको पाथीभरा इन्जिनियरिङ कलेजलाई सम्बन्धन दिनै पर्छ भनेर आधा घण्टा सम्म केयुको सिनेटमा दवाद सिर्जना गरे ।’ केयुका सभा सदस्य वेदमणि दाहालले भने, ‘विषयसूचीमै नभएको विषयमा ठोस निर्णय नभएको कुरा माइन्युटमा आउनु दुखद कुरा हो ।’

मन्त्रालय स्रोतका अनुसार मन्त्री कृष्णगोपाल श्रेष्ठका सचिवालय एक सदस्यका अनुसार निवेदन दिएर बसेका कलेज, सीटीईभीटी र विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिन चाहने निजी कलेजले तत्काल सम्बन्धन पाउनेछन् । विदेशी कोर्स पढाउने ९ कलेजलाई सम्बन्धन दिने तयारी मन्त्रीको छ ।

मन्त्री श्रेष्ठले आफ्नो कार्यकता र आसेपासेले सञ्चालन गरेका क्याम्पसलाई सम्बन्धन दिन चलखेल गर्न थालेको मन्त्रालयका एक अधिकृतले बताए । ‘ शिक्षा मन्त्रीले विदेशी सम्बन्धनमा सञ्चालित नौ निजी कलेजलाई कार्यक्रम र विषय थप गर्ने प्रक्रिया सोमबार अघि बढाइ सकेकाछन् ’ ती अधिकृतले भने ।

स्रोतका अनुसार उनले सम्बन्धन दिन नमान्ने पदाधिकारीलाई विश्वविद्यालय ऐनमा सहकुलपतिको निर्देशन पालना नगरे कारबाही गर्न सक्ने व्यवस्था रहेको भन्दै धम्क्याउनेसमेत गरेका छन् ।

शिक्षामन्त्री श्रेष्ठले शिक्षण संस्थालाई सम्बन्धन रोक्न नहुने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । सम्बन्धन रोकेर राख्न नहुने भन्दै ९ वटा कलेजलाई अनुमति दिन लागिएको उद्घोष गरे ।

केयू सभाका पूर्वसदस्य केदारभक्त माथेमाले विश्वविद्यालय सिंहदरबार नभएकाले  सिनेटले चलाउनु पर्ने बताए ।  कलेजलाई सम्बन्धन मन्त्रिपरिषद् र मन्त्रीले दिने होइन, विश्वविद्यालयका प्राज्ञहरूले दिनु प्रावधान हुँदाहुँदै सभाका सदस्यलाई  थाहै नदिई निर्णय गरिएकामा घोर आपत्ति जनाए । 

A Levels MA