Bachelors Portal

तत्काल पाठ्यक्रम परिवर्तनको तयारीमा छैन: शिक्षक सेवा आयोग

Managed Admission 2022

शिक्षक सेवा आयोगले तत्काल पाठ्यक्रम परिमार्जन वा परिवर्तन गर्ने गरी आफूहरूले काम नगरेको बताएको छ । आयोगको पाठ्यक्रम परिवर्तन सम्बन्धी कुनै निर्णय तथा नीतिगत छलफल नभएको आयोगले जनाएको छ ।

आयोगले लिइरहेको परीक्षाको मूल्याङ्कन गर्दै पाठ्यक्रम परिमार्जनको तयारीमा आयोग जुटेको भन्ने सामाजिक सञ्जालमा चर्चा बढेपछि इडियुपत्रले लिएको प्रतिक्रियामा आयोगका प्रवक्ता कृष्णप्रसाद ढङ्गानाले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रवक्ता ढुङ्गानाका अनुसार आयोग अहिले माध्यमिक तहको खुला प्रतियोगियागितात्मक परीक्षाबाट शिक्षक नियुक्तिका लागि अन्तर्वार्ता तथा निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक विषयगत परीक्षाको उत्तरपुस्तिकामा जुटेको छ । आयोग बार्षिककार्यातालिका अनुसार काम गरिरहेको छ ।

आयोगका एक पदाधिकारीका अनुसार पदाधिकारी तथा प्रशासनका कर्मचारी चियागफमा गरेको छलफलले सामाजिक सञ्जालमा चर्चा पाएको हो । ‘आयोगले विश्वविद्यालयले तय गरेको पाठ्यक्रमका आधारमा नै पाठ्यक्रम तय गरेको छ ।’ ती पदाधिकारीले भने, ‘सामाजिक सञ्जालमा तीब्र भाइरल भएको पाठ्यक्रम परिवर्तनको विषयमा सामान्य चियागफमा मात्र छलफल भएको हो नीतिगत छलफल भएकै छैन पाठ्यक्रम परिमार्जन तथा परिवर्तन लामो प्रक्रिया हो या बार्षिक कार्यतालिकामा तोकेर नै बनाउनु पर्ने र विज्ञापन गर्नुपर्ने हुन्छ ।’

शिक्षक सेवा आयोगले निम्नमाध्यमिक र प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६ देखि कार्यान्वयनमा ल्याएको हो । पहिलो पटक सामान्य र विषयगत परीक्षाको अलग अलग २०० पूर्णाङ्क निर्धारण गरेर कार्यान्यनमा ल्याएको हो ।

आयोगले निमावि र मावका सबै विषयको विषयगत पाठ्यक्रम २०७८ मा लागु गरेको थियो । पछिल्लो पटक ऐच्छिक विषय अन्तर्गत निमाविको कम्प्युटर विज्ञान विषयको पाठ्यक्रम गत जेठ १४ गते जारी गरेको छ ।

त्यसैगरी माध्यमिक तह, तृतीय श्रेणी, स्वस्थ्य शिक्षा विषयको पाठयक्रम २०७९ पुस२० गते जारी गरेको थियो अन्य विषयको पाठ्यक्रम भने २०७८ भित्रै जारी गरिसकेको थियो ।

Select college / campus