CMAT

कक्षाकोठामा जाँदा शिक्षकले प्रधानाध्यापकलाई मोबाइल बुझाउनु पर्ने

Bachelors Portal

धादिङको नीलकण्ठ नगरपालिकाले शिक्षकलाई कक्षकोठमा मोवाइल प्रयोग गर्न नदिने निर्णय गरेको छ ।

नगरशिक्षा शाखाले पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र कर्मचारीलाई विद्यालय समयमा मोबाइल फोन नचलाउने व्यवस्था गर्न प्रधानाध्यापकलाई निर्देशन दिएको हो।

शिक्षकले खाजाको समयमा चलाउन दिइने र प्रधानाध्यापकलाई मोबाइल बुझाएपछि मात्रै हाजिर गर्न पाइने निर्णय गरेको छ । शिक्षकले खाजाको समयमा चलाउन दिइने र प्रधानाध्यापकलाई मोबाइल बुझाएपछि मात्रै हाजिर गर्न पाइने व्यवस्था छ ।

नगर प्रमुख भीमप्रसाद ढुंगानाका अनुसार पालिकाभित्रका केही विद्यालयमा अनुगमन गर्दा मोवाइलको अत्याधिक प्रयोगका कारण पुरै समय कक्षाकोठामा समय नदिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

अनुगमनका क्रममा केही शिक्षक कक्षाकोठामा पस्नेबित्तिकै बाहिर निस्किएर मोबाइलमा कुरा गर्ने, केही कक्षाकोठामा पस्नेबित्तिकै मोबाइलमा घण्टी बज्दो रहेछ। बाहिर निस्किएर कुरा गर्दा पाँचלदस मिनेट त्यत्तिकै बिताउने समस्या देखेपछि यस्ते निर्णय गरेको छ ।

नगरपालिकाका अनुसार कतिपय शिक्षकले विद्यार्थीलाई कक्षाकार्य गर, यो पाठ पढ भनेर आफूचाहिँ मोबाइलमा चलाएर बसेको पाइएको यस्तो निर्णय गरेको छ ।

प्रमुख ढुंगानाले केही विद्यालयका प्रधानाध्यापकसंग सरसल्लाह गरेर कक्षाकोठामा जाँदा मोवाइल प्रधानाध्यापकलाई बुझाउनु पर्ने निर्णय गरेको छ । नगरपालिकाको निर्देशनअनुसार खाजा खाने समयमा बाहेक शिक्षकले कक्षाकोठामा मोबाइल फोन चलाउन शिक्षकले पाउँदैनन् । शिक्षक तथा कर्मचारीको मोबाइल फोन प्रधानाध्यापकले सुरक्षित साथ विद्यालयमा राख्नु पर्ने निर्णय गरेको हो ।

पालिकाले शिक्षण सिकाइका लागि शिक्षकले अनिवार्य ल्यापटप प्रयोग गर्न आग्रह गरेको छ। पालिकाअन्तर्गतका प्रायः सम्पूर्ण विद्यालयमा इन्टरनेट सेवा र माध्यमिक विद्यालयमा आईसीटी ल्याब व्यवस्थापन भइसकेको प्रमुख ढुंगानाले बताए ।

प्रधानाध्यापकहरूलाई पालिकाका शिक्षा अधिकृत प्रकाश दत्तले पठाएको पत्रमा उल्लेख छ, ‘खाजा खाने समयमा बाहेक शिक्षकले कक्षाकोठामा मोबाइल फोनको प्रयोग गर्न नपाइने,सम्पूर्ण शिक्षक तथा कर्मचारीको मोबाइल फोन प्रधानाध्यापकले सुरक्षित साथ विद्यालयमा राख्ने प्रबन्ध मिलाउने।’

Thuprai - Books and E-books
I Tech store