Bachelors Portal

वैशाख मसान्तमा फुकुवा गर्ने भनिएको शिक्षकको जिलान्तर सरुवा अझै हुन सकेन

Managed Admission 2022

गत २०८० चैत ५ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णयबाट शिक्षकको जिल्लान्तर सरुवा फुकुवा वैशाख मसान्तमा गर्ने भनिएको भए पनि अझै हुन सकेको छैन ।

शिक्षक सेवा आयोगले शिक्षक छनोटसम्बन्धी कार्य पूरा नगरुन्जेल र शिक्षक सरुवा सम्बन्धी मापदण्ड तयार नहुन्जेलका लागि सरुवा रोक्ने निर्णय गरेको मन्त्रालयले जिलान्तर सरुवा अझै फुकुवा नगरेको हो ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सहसचिव बसन्त कोइरालाको संयोजकत्वमा सुझाव दिन कार्यदल गठन गरेको थियो ।

सो कार्यदलले वैशाख अन्तिम साता नै आफ्नो अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाएको थियो । प्रतिवेदनमा मन्त्री  सुमना श्रेष्ठले असहमति जनाएपछि जिलान्तार सुरुवा फुकुवा हुन नसकेको मन्त्रालय उच्च स्रोतले जानकारी दियो । सो प्रतिवेदनको सुझाव काम नलाग्ने भनेर ठाडै मन्त्रीले अस्विकार गरेको स्रोतको दाबी छ ।

 

Select college / campus