A Levels MA

विद्यार्थीले स्थानीय जडिबुटीको प्रयोग गरी औषधी बनाए

नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीले दम, रक्तपित्त तथा रुघाखोकीको औषधी बनाएका छन् । जनता विद्यापीठमा अध्ययनरत विद्यार्थीले वासावलेह नाम गरेको औषधी उत्पादन गरेका हुन् ।

स्थानीय जडिबुटी असुरो, मह, घिउ, चिनी र पिपला लगायतको मिश्रण बाट दम, रक्तपित्त तथा रुघाखोकीको लागि उपयुक्त औषधीको उत्पादन गरेको विश्वविद्यालयले जानकारी दियो ।

सो औषधी आयुर्वेदीय पद्धतिअनुसार उत्पादन गरिएकोले २ वर्षसम्म प्रयोग गर्न सकिने छ । आयुर्वेदमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक विषय अन्तर्गत यो औषधी निर्माण गरेका हुन् ।

औषधी उतपादनका लागि विद्यार्थीहरुलाई विश्वविद्यालय तथा जनता विद्यापीठले सहयोग गर्दै आईरहेको छ ।

 

Thuprai - Books and E-books