After SEE Portal

सेवा आयोग, त्रिविको परीक्षा र पठनपाठन आजदेखि बन्द

Bridge Course

चैत्र मसान्तसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पठन पाठन भोलि देखि बन्द गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको करोना भाइरस (कोभिड-१९) को नेपालमा सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सचेतता अपनाई पूर्व तयारी एवं सतर्कता अवलम्बन गर्न आवश्यक रहेकोले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित कोभिड(१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको हिजोको बैठकबाट विश्वविद्यालयहरुका पठनपाठन चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हुँदा त्रिविले ७ गते देखि सञ्चालन हुने परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

सेवा आयोगको अन्तरवार्ता पनि अर्को सूचना जारी नभएसम्मका लागि त्रिविले स्थगित गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books