छनोट समितिले प्रतिष्ठानका संभावित उपकुलपतिको नाम बुझायो

तीन प्रतिष्ठानको उपकुलपतिका लागि छनोट समितिले प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीनतीन जनाको नाम सिफारिस गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि खुला प्रक्रियामार्फत छनोट भएका उम्द्वारबाटै नाम सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा गठित नाम सिफारिस समितिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि समितिले पहिलो नम्बरमा कार्यवहाक उपकुलपति प्राडा राजेशनाथ गंगोलको नाम सिफारिस गरेको छ । दोस्रो नम्बरमा प्रतिष्ठानकै रेडियोलोजिष्ट प्राडा दानबहादुर कार्की र एक जनाको नाम तेस्रो नम्बरमा सिफारिस भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा डुक बहादुर (डीबी) क्षेत्रीको नाम पहिलो नम्बरमा परेको छ । यस्तै प्राडा ध्रुरब अधिकारी र प्राडा श्रीकृष्ण श्रेष्ठको नाम क्रमश दोस्रो र तेस्रो नम्बरमा परेको छ ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि कार्यवहाक उपकुलपति डा मंगल रावल, डिन डा रेशम रानालाई क्रमशः पहिलो र दोस्रो नम्बरमा सिफरिस गरेको छ । 

समितिले चैत ८ मा तीनवटै प्रतिष्ठानका लागि निवेदन परेका मध्येबाट सर्टलिष्ट छनौट गरी सार्वजनिक गरेको थियो । त्यसबेला २१ जनाले निवेदन दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १३ जना, १२ – १२ जनाले निवेदन दिएको पोखरा र पाटनबाट ९ –९ जनाको नाम सार्वजनिक गरेको थियो ।

समितिले पठाएको तीन तीन जनाको नाममध्येबाट कुलपति समेत रहेका प्रधानमन्त्रीले एक जनालाई एक प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने प्रावधान छ ।

Thuprai - Books and E-books