A Levels MA

विद्यालयको सत्तामा ३० वर्षदेखि न्यौपाने

मैले बन्दिन भनेर पनि हुँदैन सबै मिलेर निर्विरोध अध्यक्ष बनाउँछन् । विद्यालयमा प्राविधिक धारको पठनपाठन हुन्छ । विद्यार्थीअभिभावकको आकर्षण राम्रो छ । अब त भवन पनि नयाँ  बन्यो विद्यार्थी बढ्ने अपेक्षा  गरेको छुः अध्यक्ष न्यौपाने

भूकम्प प्रतिरोधी आधुनिक  भवन । माध्यम भाषा नेपाली, अंग्रेजी । कक्षा ९ देखि १२ सम्म कृषि समूहको बाली विज्ञानको पठनपाठन । विद्यालय क्षेत्रको जनसंख्याअनुसार खचखच विद्यार्थी । विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा निरन्तर ३० वर्षदेखि एउटै व्यक्ति । यो विशेषता हो नुवाकोट सदरमुकाम बिदुरबाट एक घण्टाको दूरीमा रहेको  किस्पाङ गाउँपालिका काउले गाउँको  ऐशेलु भूमे उच्च माध्यामिक विद्यालयको। 

जहाँ ६ सय ६६ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयको व्यवस्थापन समितिको  अध्यक्ष हुन् नन्दराम न्यौपाने । औपचारिक शिक्षा लिएका छैनन् । तर २०४६ सालदेखि लगातार ३० वर्ष सो विद्यालयको अध्यक्ष छन् । विद्यालयमा पटकपटक विव्यसको चुनाव हुने गरेको छ । तर उनलाई स्थानीयले निर्विरोध निर्वाचित गर्छन् । ‘ उहाँ काममा कटबद्ध भएर लाग्नुहुन्छ, विद्यालयलाई माया गर्नुहुन्छ’ स्थानीयहरू भन्छन्, ‘ सवै पार्टीले उनैलाई चुन्दै आएका छन्  ।’

विद्यालय नर्स छन् । नर्सले दैनिक शिक्षक तथा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्छिन् । विद्यालयमा  भएका सामान्य  विरामीको उपचार गर्छिन । आधारभूत स्वास्थ्य सम्बन्धी जानकारी गराउँछिन् । ठुलै बिरामी भए तत्काल उपचारका  लागि अस्पताल पठाउने गरेकी छिन् । 

भूकम्प प्रभावित विद्यालयललाई भारतीय दुतावासले हिजो नयाँ भवन  औपचारिक कार्यक्रमकाबिच हस्तान्तरण गर्‍यो । चार करोड ५० लाख रुपियाँको लागतमा नयाँ भवन निर्माण भएको हो ।

सो भवनको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तले सोमवार उद्घाटन गरेका थिए । नयाँ संरचनाको भवनमा तीनवटा ब्लकहरु निर्माण भएको छ भने यस विद्यालयको तीनतले शैक्षिक भवनमा ६ वटा कक्षाकोठा रहेका छन् ।

दुई तले शैक्षिक भवनमा चारवटा कक्षाकोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ ।

 

Thuprai - Books and E-books