CMAT

कक्षा ११ को मूल्याङ्कन विद्यालयले अनुकूल समयमा गर्न सक्ने

Bachelors Portal

शैक्षिक सत्र २०७७-७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशले रजिष्ट्रेशन नम्बर प्रदान गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ । बोर्डले रजिष्ट्रेशन नम्बर प्राप्त गरेपश्चात् परीक्षाको समयतालिका पेश गर्न सबै क्याम्पस तथा विद्यालयका प्रमुखलाई बोर्डले आग्रह गरेको छ ।

बोर्डले नौ अङ्कको सिम्बोल नम्बर (पहिलो अङ्क १, त्यसपछिको चार अङ्क विद्यालय कोड र अन्तिमका चार अक क्रमशः विद्यार्थीको रजिष्ट्रेशन नम्बरअनुसारको क्रममा) कायम गरी, स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न विद्यालयलाई आग्रह गरेको छ ।

गत वर्ष जारी गरिएको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार कक्षा ११ को बार्षिक परीक्षा सञ्चालन गर्न सबै विदालयलातथ क्याम्पसलाई बोर्डले अनुमति प्रदान गरेको छ ।

क्याम्पस तथा विद्यालयले सञ्चालन गर्ने परीक्षामा विशिष्टीकरण तालिका र बोर्डले तोकेको मापदण्डअनुसार प्रश्नपत्र तयार गरी परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको विषयअनुसार सिलसिलेवार हाजिरी र विषयगत उत्तरपुस्तिका बोर्डले माग गरेको अवस्थामा विद्यालयले उपलब्ध गराउने गरी कम्तिमा एक वर्षसम्म सुरक्षित राख्न बोर्डले आज विद्यालय तथा क्याम्सलाई लेखेको पत्रमा उल्लेख गरिएको गरिएको छ ।

यो संगै अब विद्यालयले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्याङ्कन गर्न सक्ने भएका छन् । गतवर्ष जारी गरिएको कार्यविधिले कक्षा ११ को मूल्याङ्कन गर्ने समायावधि असार मसान्तसम्म तोकेको भएपनि यो वर्ष विद्यालयले आफ्नो परिस्थिति अनुकूल मूल्याङ्कन गर्न सक्ने बोर्डले जानकारी दियो ।

Thuprai - Books and E-books
I Tech store