After SEE Portal

आवश्यकता अनुसार नै स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिइएको

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै जिम्मा दिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत वर्ष उद्घाटन समारोहमाआयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो भुलचुकले संविधानमा पर्न नगएको प्रतिउत्तर दिए ।

सहभागीबाट आएको प्रश्नमा उनले यस्तो प्रतिउत्तर दिएका हुन् । ऐनलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन सक्यो त्यति विद्यालयमा देखिएको अन्योल हट्ने उनले स्विकारे । ‘कति विद्यालयमा अराजकता छ । शिक्षकलाई सन्तुष्ट बनाउन सकेका छैनौं । विद्यालयमा दरबन्दी पूरा गर्न सकेका छैनौं । अब शिक्षा ऐन आएपछि यस्ता समस्या समाधान हुन्छ,’ मन्त्री राईले भने ।

शिक्षामा लगानी न्यूनतम २० प्रतिशत हुनैपर्ने माग भए पनि अहिले ११ प्रतिशत हाराहारीमा रहेको तर यसको  ठुलो रकम तलव भत्तामै जाने बताए । यसोहुदा सुदृढ पठनपाठनमा पर्याप्त रकम छुट्टयाउन नसकेको उनले स्विकार गरे । त्यसपछिको आयोजित रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै दिइएको बताएका थिए । पर्याप्त छलफल गरेर नै संविधानमा विद्यालय शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिएको उनले बताए । यसमा विभिन्न खालका टिकाटिप्पणी भइरहेको भन्दै आवश्यकता तथा जानेर नै स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिइएको प्रष्ट्याए ।

विद्यालय शिक्षा विधेयक हिउदे अधिवेशनबाट पास गर्नका लागि सरकार र समिति लागिपरेको उनको भनाई थियो । हिउँदे अधिवेशनबाट प्रतिनिधिसभाबाट पारित गराउने र बर्खे अधिवेशनमा राष्ट्रियसभाबाट पारित गरेर चाडै लागू गर्नतर्फ सरकार अग्रसर रहेको बताए । कार्यक्रमा एक सय बढी सरोकारवालाहरुको सहभागिता रहेको थियो । यसैक्रममा मन्त्री राईले १६ औं पञ्चवर्षीय योजनाका लागि विद्यालयको पूर्वाधारदेखि डिजिटाईजेशनको सुविधामा जोड दिन योजना आयोगमा प्रस्ताव गरेको जनाए । तर यसमा आयोगले सकारात्मक प्रतिक्रिया नदिएको उनको भनाइ छ ।

समूहले रजत वर्षका अवसरमा  आयोजना गरेको प्रस्तावित विद्यालय शिक्षा ऐनमाथी संसदीय समितिसँगको साक्षात्कार समेत गरेको छ । उक्त साक्षत्कारमा शिक्षा समिति सभापती भानुभक्त जोशी विद्यालय शिक्षामा संघ, प्रदेश र स्थानीय तहको अधिकार के हो भन्ने नै ठुलो चुनौती भएको बताए । शिक्षकको सरुवा, बढुवा लगायतका व्यवस्थापनलाई वेवास्ता नगरेको जनाए । ‘अहिले हामी एकै प्रकारका शिक्षक बढाउन गैरहेका छौं । हामी लगातार परिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यसामाग्रीका बारेमा, ट्रेड युनीयनको अधिकारको, विद्यालय व्यवस्थापनलाई र अभिवाकलाई कसरी समावेश गर्ने भन्ने चुनौतीका विषय छन् । यस्ता चुनौतीबारे हामीले छलफल गरिरहेका छौं,’समिति सभापती जोशीले भने । उनकाअनुसार विधेयक निकै अप्ठ्यारो अवस्थामा रहेको बताए । अहिले अधिकारको लडाई देखिएको भन्दै अधिकारसँगै कतव्र्य पनि आउनुपर्नेमा उनको जोड थियो । संविधानको अनुसूची ९ मा शिक्षालाई तिनै तहको साझा अधिकारको विषयमा राखेको भन्दै विद्यालय शिक्षा विधेयक त्यही अनुसार अघि बढिरहेको उनको भनाई थियो । समितिले विधेयकमाथि छलफल गर्न एक पटक प्रदेशसम्म जान खोजिरहेको भन्दै केही समय प्रदेश तथा स्थानीय तहहरुलाई समेत छलफल गरिने बताए ।

यस्तै, अन्तरक्रियामा शिक्षा समिति सदस्य बद्री पाण्डेले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई निचोडमा पुर्याउन उच्च प्राथमिकतामा राखेको बताए । तर यसलाई सुदृढ गर्न केहि समय लाग्ने उनले जानकारी दिए । विद्येयकलाई अन्तिम रुप दिन समिति सक्षम भएको दाबी गर्दै अहिले जटिलता नै शिक्षामा लगानी बढाउनु पर्नेमा भएको समिति सदस्य पाण्डेले बताए । यसैक्रममा उनले अहिल्य निजी विद्यालय हटाउने स्थिति नरहेको बताए । पाण्डे भन्छन्, ‘शिक्षामा निजी क्षेत्रको पनि भुमिका राम्रो छ । विदेश अध्ययनमा जान नीजि विद्यालयकै काराण् रोकिएको विद्यालयसञ्चालकहरुको तर्क छ ।बरु नीजि क्षेत्रको शुल्क सीमा, पाठ्यक्रम, छात्रवृद्धि बढाउने र नियमनलाई कडाई गर्न सकिन्छ तर नीजि विद्यालय बन्द गर्ने पक्षमा छैन ।’यससँगै समिति सदस्य पाण्डेले शिक्षक संघ, संगठनलाई राजनीति मुक्त गराईनुपर्नेमा उनले जोड दिए । 

यता बर्दियाको ठाकुरबाबा नगरपालिका तिलकराम लम्सालले पालिकाले विद्यालय चलाउन सक्षम भएको दाबी गर्छन । तर कतिपयको नजरीया भने स्थानीय सरकारहरु अझै सक्षम छैनन भन्ने सोच रहेको प्रति उनले टिप्पणी गरे । ‘स्थानीय तहले राजनीतिक पूर्वाग्रह साँद्छन भन्ने आम शिक्षकहरुमा देखिन्छ । समग्रमा साँच्चै विद्यार्थीको सिकाइ राम्रो बनाउने हो भने सरकारले शिक्षकलाई सोहिअनुसार सहयोग गर्न सक्छ ।’लम्सालले भने ।

राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको शिक्षालाई राम्रो पार्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने तर यहाँभित्र तहगत जिम्मेवारी स्पष्ट किटान नभएकाले अफ्ठेरोस्थिती भएको बताए । शिक्षा विद्येयक सकेसम्म छिटो आउनुपर्छ तर यी अफ्ठेरा विषयलार्य निक्र्यौत गरिनुपर्नेमा उनले जोड दिए ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले रजत जयन्तीको शुभकामना दिंदै विभिन्न ठाउँमा काम गर्ने शिक्षकहरुको विस्तृत दस्तावेजीकरण पालीका र सरकारसँग नभएकोमा दुख व्यक्त गरे । राम्रा काम गर्ने शिक्षक, विद्यालय, पालीकाहरुलाई अझै सृजनशिल रुपमा हेर्नेगरी काम गर्न समेत उनले सुझाव दिए ।

कर्यक्रममा विद्यालय व्यस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालय स्थानीयले नसुधारे कस्ले सुधार्ने भनेर प्रश्न गरे । अहिले विद्यालयको संख्या ३५ हजारबाट घटेर ३२ हजारमा झरेको गुनासो गरे । देशभरका करीब २७ हजार विद्यालयमा शिक्षकको कोटा नभएकोमा सरकारको ध्यानाकर्षण गराए । ‘अहिले नेपालको शिक्षामा विदेशीले गरेको ४, ५ लाखमा सरकार पछि कुद्छ । तर समुदायले गरेको अर्बौं तलगानीको सरकारले न अभिलेख राख्छन न गरेको भन्छन । समुदायको पहिचान गरिएन,’उनले गुनासो गरे ।

A Levels MA
Thuprai - Books and E-books