मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको नतिजा सार्वजनिक

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनिक भएको छ । शनिबार सार्वजनिक नतिजा अनुसार ७७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

काउन्सिलले माघ २१ र २२ गते ४८ विधामा विशेष परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ७२३ जना परीक्षार्थी सहभागी भएकोमा ५५५ जना उत्तीर्ण भएका छन् । उक्त परीक्षामा १६८ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन्। ७३४ जना उम्मेदवारमध्ये ११ जना भने अनुपस्थित थिए ।परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन दिनुपर्ने छ । आवेदन मितिले १५ कार्यदिन पछि प्रमाण पत्र तयार हुने काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि एक हजार पाँच सय रुपियाँ दस्तुर बुझाई परीक्षार्थीको नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेलमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal