CMAT

एकीकृत प्रवेश परीक्षाका नतिजा चिकित्सा शिक्षा आयोगले यही साता सार्वजनिक गर्ने

Bachelors Portal

चिकित्सा शिक्षा आयोगले साउन ९ गते देखि १३ गते सम्म लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा आगामी एक हप्ता भित्र सार्वजनिक गर्ने भएको छ ।

आयोगले उपत्यका सहति बाहिर केन्द्र निर्धारण गरेर लिएको ३२ हजार ३०० परीक्षार्थी सहभागी भएको सो परीक्षाको नतिजा एक साता भित्रै प्रकाशन गर्ने भएको हो ।

चिकित्सा शिक्षा स्नातक तहमा प्रवेशका लागि लिइएको सो परीक्षाको अधिकांश उत्तरपुस्तिका हिजो साँझसम्म आयोगमा संकलन भइसकेको र केही अहिले बिहान हुने आयोगले जानकारी दियो । आयोगका अनुसार आजैबाट उत्तरपुस्तिका परीक्षणको काम सुरु हुने छ । आगामी साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीमा आयोग जुटेको छ ।

आयोगलेसो परीक्षामा उपत्यकामा २८, धरानमा ६, चितवनमा ६, पोखरा र नेपालगञ्जमा दुईदुई स्थानमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरेको थियो । एमबीबीए, बीडीएस, बीएस्सी नर्सिङ लगायत चिकित्सा शिक्षामा प्रवेशका लागि सो प्रवेश परीक्षा लिइएको हो ।

यो परीक्षामा सहभागी भएका विद्यार्थीलाई मेरिटका आधारमा कलेज भर्ना र अन्तर्राष्टिय विश्वविद्यालयमा समेत प्रवेशको ढोका खुल्ने आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरिले बताए ।

Thuprai - Books and E-books
I Tech store