Bachelors Portal

एसईईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

Managed Admission 2022

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने जनाएको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार प्राविधिक समस्या नआए बिहीबार सम्ममा नतिजा सार्वजनिक हुने जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनले बताए ।          परीक्षा नियन्त्रक पौडेलले भने, “असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।” उनले कर्मचारीको समूह बनाएर काम भइरहेको जानकारी दिए ।

उत्तरपुस्तिका परीक्षण सकी अन्य काम भइरहेको जानकारी दिए।

कार्यालयले गत वर्ष असार २४ गते एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने जानकारी दिए ।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो ।

Select college / campus