After SEE Portal

नमुना विद्यालयको प्रगति विवरण तयार गरिँदै

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरिका नमुना विद्यालयको प्रगति विवरण तयार गर्ने भएको छ ।

आर्थिक वर्ष २०७४/७५ बाट नमुना विद्यालयको अवधारणा ल्याएको थियो । हालसम्म देशका ४२२ वटा विद्यालयलाई नमुनाका रूपमा छनोट गरिसकेको छ ।

गत वर्ष नमुना विद्यालयलाई २९ देखि ३७ लाख रुपियाँ उपलब्ध गराइएकोमा चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपियाँका दरले थप अनुदान दिइने भएको छ । हालसम्म एउटा नमुना विद्यालयले पाँच करोड ३१ लख रुपियाँ प्राप्त गरिसकेका छन् । नमुना विद्यालयले प्राप्त गरेको उपलब्धिलाई सार्वजनिक गर्ने उद्देश्यले प्रगति विवरण तयार गर्न लागिएको हो ।

केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले प्रत्येक विद्यालयको प्रगति विवरण तयार गर्न लागिएको र विद्यालय आफैले यस्तो विवरण तयार गर्नुपर्ने हुन्छ भन्दै थपे, “यस्तो विवरणबाट गरिएको लगानीको प्रतिफल थाहा पाउन सकिनेछ ।”

विद्यालयले गत आर्थिक वर्ष २०७४/७५ (आधार वर्ष)देखिको आगामी आर्थिक वर्ष २०७९/८० सम्मको लक्ष्य तथा उपलब्धि तयार गर्नुपर्ने हुन्छ । विद्यालयको पूर्व प्राथमिकदेखि माध्यमिक तहसम्मका शिक्षकको विवरण, विद्यार्थीको विवरण, भौतिक पूर्वाधारको अवस्था, नतिजामा प्राप्त सुधार आदि समेटिनेछ ।

यसैबीच केन्द्रले सात वटै प्रदेशका नमुना विद्यालयका प्रधानाध्यापकसँग भर्च्युअल प्रविधिबाट छलफल गरेको छ । 

केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले भरोसा गर्न लायक विद्यालय बनाउन नमुना विद्यालयको अवधारणा ल्याइएको बताउँदै त्यस्ता विद्यालयमा गरिएको लगानीको प्रतिफल सार्वजनिक गर्न प्रोफाइल तयार गर्न लागिएको बताए । केन्द्रका निर्देशक गेहनाथ गाैतमले प्राेफाइल तयार भइसकेपछि त्यस्ता विद्यालयले गरेका नयाँ तथा असल अभ्यासका बारेमा पनि थाहा हुनसक्ने बताए ।

 

A Levels MA