After SEE Portal

परीक्षामा खटिएका प्राध्यापक माथि भएको दुर्व्यवहार प्रति प्राध्यापकको आपत्ति

Bridge Course

काठमाडौं विश्वविद्यालयको परीक्षामा खटिएका प्राध्यापकहरूलाई अज्ञात समूहको अप्राज्ञिक गतिविधि प्रति प्राध्यापकहरूले आपत्ति जनाएका छन् ।

परीक्षामा खटिएका प्राध्यापकहरू माथि डर, त्रास र धम्कि दिने, हतोत्साहित गर्ने र मानसिक प्रताडना दिने कार्य प्रति नेपाल प्राध्यापकसंघले आपत्ति जनाएको हो ।

परिक्षामा खटाएको निरीक्षक माथि भइरहेको संगठित दुर्वयवहार विरुद्ध मौन रहनुले सम्बन्धित प्राज्ञिक पदाधिकारीको गैरजिम्मेवारीपन झल्किने संघले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

यस्ता अप्राज्ञिक गतिविधि निस्तेज गर्ने, आफ्ना निरीक्षक एवं अन्य सम्बन्धितहरुको सुरक्षाको प्रत्याभूति र आगामी दिनमा संचालन गर्ने परीक्षाहरु थप मर्यादित एवं अनुशासित बनाउने विषयलाई सम्बन्धित निकायहरुले गम्भीर रूपमा लिन आग्रह गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books