महामारीले भित्र्याउँदै प्रविधिमैत्री शिक्षण सिकाइ

नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्वका अधिकांश देशमा सार्वजनिक तथा निजी संघसंस्था, विद्यालय तथा विश्वविद्यालयको शैक्षिक कार्यक्रम प्रभावित भएको छ ।

विश्वमा यो भाइरसबाट १३ लाख ४८ हजार २५७ जना संक्रमित भएका छन् । भने पछिल्लो तथ्याङ्क अनुसार ७४ हजार ७९५ ले ज्यान गुमाइसकेका छन् । त्यसैगरी संक्रमित मध्ये २ लाख ८६ हजार ५१२ जना निको भएर घर फर्किएको तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ ।

नेपालमा पनि यो भाइरसले अहिलेसम्म ९ जनालाई संक्रमण गरिसकेको छ । यतिबेला अधिकांश मुलुकका शिक्षण संस्था लकडाउनका कारण प्रभावित भएका छन् । यस्तो विषम परिस्थितिमा नेपालमा भर्चुअल कक्षालाई प्राथमिकता दिन थालेको पाइएको छ ।

प्रदेश नं. १ को प्रदेश सरकारले प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात ‘भर्चुअल शिक्षक तालिम सुरु गरेको छ । देश लकडाउनमा छ । सम्पूर्ण शिक्षण संस्थाहरू बन्द छन् । बन्दको समयमा घर बसी बसी शिक्षकलाई तालिम प्रदान गर्ने उद्देश्यले भिडियो कन्फ्रिेसिङका माध्यमबाट शिक्षकलाई तालिम प्रदान गरिँदै आएको प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी बलराम पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार भर्चुअल तालिममा प्रविधिमा आधारित फोकल शिक्षकलाई केन्द्रित गरीा सय जना शिक्षकलाई सहभागी गराइएको छ ।

मन्त्रालयले इ–लर्निङ तालिमको योजना बनाईरहेको समयमा देशलाई लकडाउन गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएपछि ‘३ हजार शिक्षकलाई तालिम दिने तयारी भएपनि सय जना शिक्षकलाई मात्र तालिम प्रदान गरिएको प्रशिक्षक मानबहादुर देवकोटाले बताए । ‘तालिम प्रभावकारी देखिएको छ, शिक्षकहरू पनि जिज्ञासु भएर सहभागी हुनुभएको छ ।’ उनले भने, ‘यो कक्षा दैनिक दुईबजे देखि चार बजेसम्म सञ्चालन हुन्छ ।’

यसैक्रममा भुक्तानी सेवा प्रदायक इसेवा ( मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्दै आएको ) र मिडास एजुकेसनको सहकार्यमा विद्यार्थीहरूलाई घरभित्रै बसी बसी अध्ययन गर्न सकिने निःशुल्क भर्चुअल कक्षाको व्यवस्था गरेको छ ।

कोरोनाको विश्वव्यापी महामारीले निम्त्याएको विपतको व्यवस्थापनका लागि देश लकडाउन गरिएको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निशुल्क रूपमा श्रव्य दृष्य मार्फत अध्ययन गर्न सक्ने व्यवस्था गरेको हो । यो सुविधाबाट लाभ लिनका लागि विद्यार्थीहरूले मिडास एजुकेसनको मोबाईल एप्स् डाउनलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

एप्लीकेसन अर्डरमा क्लिक गरेपछि मागिएको कोडमा ‘इसेवा’ राखेर आफुले चाहेको विषय अध्ययन गर्न पाइने मिडास एजुकेसनले जानकारी दिायो । मिडासले नर्सरी देखि कक्षा १० सम्मका विभिन्न विषयका पाठ्यवस्तुलाई एप्लिकेसनमा राखेको छ ।

मिडासले विगत एक दशक अगाडिदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामग्री मार्फत शिक्षण गराउँदै आएको छ ।

नेपालमा आर्थिक वर्ष २०७२–०७३ देखि साबिकको शैक्षिक जनशक्ति विकास केन्द्रले भर्चुअल कक्षा सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७३(०७४ मा १०० वटा विद्यालयमा आ।ब। २०७४(०७५ मा ६५ विद्यालय थप गरी १६५ वटा विद्यालयमा यो कक्षा सञ्चालन गरिएको केन्द्रले जानकारी दियो ।

आर्थिक वर्ष २०७२(०७३ देखि केन्द्रले ब्रोडब्याण्ड इन्टरनेटका माध्यमबाट अङ्ग्रेजी, गणित र विज्ञान विषयको अध्यापन गर्न सुरु गरेको हो भने अहिले १६५ वटा विद्यालयमा मल्टिकास्टिङ प्रविधिबाट ब्यान्डविथ शुल्कसहित प्रविधिगत उपकरण जडान गरी भर्चुअल कक्षा सञ्चालन गर्दै आएको छ ।

हाल ब्रोडकास्टिङ पद्धतिबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १० का अनिवार्य ६ वटा विषयमा ५४२ र कक्षा ९ का अनिवार्य ६ वटा विषयमा ४०० वटा पाठहरू उत्पादन गरी नेपाल टेलिभिजनबाट प्रसारण गरिरहेको छ ।

कक्षा ९ र १० का उत्पादित भर्चुअल पाठहरू यूटुवमा राखी विद्यार्थी तथा शिक्षकहरूले आफ्नो आवश्यकता अनुसार हेर्न सक्ने व्यवस्था केन्द्रले गरेको हुनाले लकडाउनको अवस्थामा यसैको उपयोग गर्नुपर्ने केन्द्रका शाखा अधिकृत मनुजा बरालले बताइन् ।

सरकारी क्षेत्रमा मात्र होइन भर्चुअल कक्षा निजी शिक्षण संस्थाले पनि सुरु गरेका छन् । ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशन स्कुल , फोर्ब्स कलेज, टेक्सास कलेज लगायत अन्य केही निजी शिक्षण संस्थाहरूले सञ्चालन गरेको अनलाइन कक्षा वर्तमान अवस्थामा मात्र नभइ नेपालको भूगोल, सामाजिक परिवेश अनुकूल हुने शिक्षाविद्हरू बताउँछन् ।

विश्व अहिले महामारीसंग जुधी रहेको छ । महामारीको रुप पनि भयङ्करे छ । एक व्यक्तिबाट अर्को व्यक्तिसंग सम्पर्क गर्न नहुने यस्तो अवस्थामा विद्यार्थीको शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न भर्चुअल कक्षाको आवश्यकता भएको प्राडा धनप्रसाद सुवेदी बताउँछन् । ‘विश्वका अधिकांश विकसित देशले पहिले नै सुरु गरेको यो प्रणाली हाम्रोमा पनि लागु गर्नुपर्ने भएको छ ।’ उनले भने, ‘भर्चुअल कक्षा नेपालको भौगोलिक परिवेशले पनि माग गरिरहेको छ ।’

Thuprai - Books and E-books