After SEE Portal

प्रधानाध्यापक बन्न नयाँ मापदण्ड

Bridge Course

भरतपुर महानगरपालिकाले प्रधानाध्यापक बन्नका लागि नयाँ आधार तय गरेको छ । सो महानगरपालिकाभित्र रिक्त भएका १९ विद्यालयमा आगामी वैशाख पहिलो साताभित्र प्रधानाध्यापक नियुक्त गरिँदैछ ।

विगतमा विद्यालय व्यवस्थापन समितिले शिक्षकहरुबाट प्रस्ताव माग गर्ने गथ्र्याे र सोही प्रस्तावका आधारमा प्रधानाध्यापक छनोट गरिन्थ्यो । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले अब दरबन्दीसहित प्रधानाध्यापक बनाएर विद्यालयमा पठाउन लागिएको बताउँदै भने, “योग्य शिक्षकलाई छनोट गरेर विद्यालयमा पठाउनुपर्दछ भनेर नै छनोटको आधार तय गरिएको हो ।”

स्थानीय तहलाई दरबन्दी मिलान गर्ने अधिकार दिइएपछि सो महानगरपालिकाले शिक्षक दरबन्दी मिलान गर्न लागेको छ । महानगरपालिकाले दरबन्दी मिलान गरेरै प्रधानाध्यापकको नियुक्ति गर्नेछ । महानगरपालिकाभित्र ५० वटा माध्यमिक विद्यालय छन् । तिनमा राहत वा तल्लो तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी पाउँदै आएका छन् । अब माध्यमिक तहका शिक्षकले नै प्रधानाध्यापकको जिम्मेवारी पाउनेछन् ।

महानगरपालिकाले प्रधानाध्यापक बन्न चाहनेहरुसँग प्रस्ताव आह्वान गरेको छ ।

उनले आगामी वैशाख २ गतेसम्ममा विद्यालयहरुले नयाँ प्रधानाध्यापक पाइसक्ने बताए । न्यूनतम शैक्षिक योग्यता, विद्यालय विकास प्रस्ताव, शैक्षिक तालिम, नेतृत्व लिने क्षमताका आधारमा अंक प्रदान गर्नेगरी आधार तय गरेको छ । शैक्षिक योग्यता वापत १५ अंकसम्म प्रदान गरिनेछ । यस्तै, शिक्षण अनुभव वापत २५ अंकसम्म प्रदान गरिने महानगरपालिकाल जनाएको छ ।

A Levels MA