CMAT

सिस्टममा भएका गल्तीलाई परिमार्जन गरेर अघि बढ्नेः शिक्षा मन्त्री

Bachelors Portal

सिस्टममा भएका गल्तीलाई परिमार्जन गरेर अघि बढ्ने नवनियुक्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताइन् ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै शिक्षा भित्र भएका वेतिथिलाई ऐन बनाएर अन्त्य गर्नुपर्ने बताइन् ।

 ‘शिक्षा क्षेत्रमा विकराल समस्या छ भन्ने भाष्य उत्पन्न भएको छ यसलाई परिवर्तन गर्न जरुरी छ ।’ उनले भनिन्, ‘यो भाष्य परिवर्तन गर्ने जिम्मेबारी मन्त्रालयको हो, सहकार्य, समूहकार्यले यसलाई परिवर्तन गर्न सकिन्छ ।’

उनले पदभार ग्रहण गर्दै भौतिक, भर्चुअल, तथा दिनरात आहोरात्र खटिनुपर्ने बताइन् । शिक्षा भनेको व्यक्तिको जीवनसंग जोडिएको  हुँदा नियमित समयभन्दा अघिपछि पनि काम गर्नुपर्ने बताइन् । ‘मलाई आफूलाई जागिरिलो बनाउन (कर्मचारी) तपाईहरु यो भन्दा अझ जागरिलो बन्नुपर्छ ।’ उनले भनिन्, ‘शिक्षा भनेको मान्छेलाई मान्छे बनाउन सक्छ, त्यसैले पारस्परिक सम्बन्ध सुढृण गरेर सहज वातावरण निर्माण गरेर काम गर्नुपर्ने बताइन् ।’

शिक्षा ऐन जारी गर्न विधेयकलाई अघि बढाउनु पर्नेमा जोड दिइन् । ‘आज सबैभन्दा बढी मान्छे शिक्षासंग रुष्ट छ किनभने ऐन बनाउन सकिएको छैन ।’ उनले भनिन्, ‘समितिमा भएको विधेयकलाई मन्त्रालयले हस्तक्षेप गर्न सक्दैन, यसमा आफ्नो समन्वय तथा मन्त्रालयका कर्मचारीले समन्वय गर्न जरुरी छ ।’

Thuprai - Books and E-books
I Tech store