SEE Result 2082

चिकित्सा शिक्षाको स्नातक तहमा बढी शुल्क लिएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण

सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ।

विभन्न कलेजल चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिएको जनगुनासो प्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षा मन्त्रालय र गृह मन्त्रालयले दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानूनी रूपमा विद्यार्थीहरूबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारवाही गर्ने समेत मन्त्रालयले चेतावनी दिएको छ ।

‘चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमका लागि लिइने शुल्कका सम्बन्धमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा आयोगद्वारा शिक्षण शुल्क निर्धारण गरी सोको कार्यन्वयन गर्न, गराउन सम्बन्धित विश्वविद्यालयहरूलाई जानकारी गराउनुका अतिरिक्त निर्धारित शुल्क भन्दा बढी रकम नबुझाउन ’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै, ‘निर्धारित शुल्क भन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा’ उल्लेख गरिएको छ ।

निर्देश्न कार्यान्वयनका लागि चिकित्सा शिक्षा आयोगबाट अनुगमनका लागि अनुगमन टोली नै गठन गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

निर्धारित शिक्षण शुल्क अन्तर्गत पर्ने शीर्षकहरू समेत खुलाई सोको जानकारी आयोगको वेबसाइट लगायतका सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal